दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड सम्पन्न, न्यु भिजन एकेडेमी प्रथम

Devghat Online

शेयर गरौ

देवघाटअनलाईन

चितवन, मंसिर २७ ।

संस्थागत विद्यालय संघ चितवनको आयोजनामा दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड शुक्रबार सम्पन्न भएको छ ।

भरतपुर १८ को वडाखेल मैदानमा संचालन भएको रनिङ्गशिल्डमा  न्यु भिजन एकेडेमी भरतपुर १९ले प्रथम स्थान हासिल गर्न सफल भयो । त्यस्तै  जनप्रीय पब्लिक स्कुल भरतपुर १९ दोस्रो र श्री अमरज्योती इङलिस स्कुल तेस्रो स्थान हासिल गर्न सफल भए।

बेष्ट मार्च पाष्ट अवार्ड ज्ञान ज्योति इङलिस स्कुल भरतपुर-१४ ले प्राप्त गर्यो । त्यस्तै  उत्कृष्ट छात्र खेलाडी अवार्ड विद्याज्योति इङलिस स्कुल माडीका रोहित महतो,  उत्कृष्ट छात्रा खेलाडीको अवार्ड मिलन सेकेन्डरी इङलिस स्कुल भरतपुर-१८की सलिष्मा ढकाल र जनप्रीय पब्लिक स्कुलकी मुनिमा महतोले प्राप्त गरिन।
मंसिर २५ र २६ गते भरतपुर १८ को वडाखेल मैदानमा संचालन भएको  रनिङ्गशिल्डमा आइ.एस.ओ अन्तरगतका १३ वटा बिद्यालयका करिब ६०० खेलाडी विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण