दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड सम्पन्न, न्यु भिजन एकेडेमी प्रथम

Devghat Online

शेयर गरौ

देवघाटअनलाईन

चितवन, मंसिर २७ ।

संस्थागत विद्यालय संघ चितवनको आयोजनामा दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड शुक्रबार सम्पन्न भएको छ ।

भरतपुर १८ को वडाखेल मैदानमा संचालन भएको रनिङ्गशिल्डमा  न्यु भिजन एकेडेमी भरतपुर १९ले प्रथम स्थान हासिल गर्न सफल भयो । त्यस्तै  जनप्रीय पब्लिक स्कुल भरतपुर १९ दोस्रो र श्री अमरज्योती इङलिस स्कुल तेस्रो स्थान हासिल गर्न सफल भए।

बेष्ट मार्च पाष्ट अवार्ड ज्ञान ज्योति इङलिस स्कुल भरतपुर-१४ ले प्राप्त गर्यो । त्यस्तै  उत्कृष्ट छात्र खेलाडी अवार्ड विद्याज्योति इङलिस स्कुल माडीका रोहित महतो,  उत्कृष्ट छात्रा खेलाडीको अवार्ड मिलन सेकेन्डरी इङलिस स्कुल भरतपुर-१८की सलिष्मा ढकाल र जनप्रीय पब्लिक स्कुलकी मुनिमा महतोले प्राप्त गरिन।
मंसिर २५ र २६ गते भरतपुर १८ को वडाखेल मैदानमा संचालन भएको  रनिङ्गशिल्डमा आइ.एस.ओ अन्तरगतका १३ वटा बिद्यालयका करिब ६०० खेलाडी विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले