देवघाटधाममा बृहत सरसफाई, देवघाटधामलाई पुस ११ गते प्लास्टिक निशेधित क्षेत्र घोषणा गरिने

Devghat Online

शेयर गरौ

तनहुँ । पुस ६

प्रसिद्ध धार्मिक तिर्थस्थल देवघाटधामलाई प्लास्टिक निशेधित क्षेत्र बनाईने भएको छ । आगामी पुस ११ गते बृहत कार्यक्रमको आयोजना गरि देवघाटलाई प्लास्टिक निशेधित क्षेत्र घोषणा गरिने भएको छ ।

तनहुँ, चितवन र नवलपुरको क्षेत्र समेटिएर बनेको धार्मिक क्षेत्र देवघाटलाई प्लास्टिक निशेधित क्षेत्र बनाउन देवघाट क्षेत्र विकास बिकास समितीले विभिन्न कार्यक्रम गर्दै आएको छ । यसैक्रममा आइतबार बृहत सरसफाई कार्यक्रम आयोजना गरियो । देवघाट गाउँपालिका र देवघाट क्षेत्रविकास समितिको संयोजनमा भएको उक्त सरसफाईमा जनप्रतिनिधि, धार्मिक क्षेत्रका प्रतिनिधि, गुरुकुल तथा आश्रमका प्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

देवघाटमा स्नान गर्न आउने भक्तजनले प्लास्टिकमा फुल प्रसाद ल्याएर उक्त प्लास्टिक नदी क्षेत्रमा छाडेर जाँदा वातावरण प्रदुषण हुने गरेको भन्दै देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाटधाम क्षेत्रलाई प्लास्टिक निशेधित बनाउन विभिन्न कार्यक्रम गरिएको बताए । आगामी पुस ११ गते बृहत कार्यक्रम गरि देवघाटधामलाई प्लास्टिक निशेधित क्षेत्र बनाईने बताए ।

नवलपुरको गैँडाकोटस्थित ‘सहमति संस्था’ सँगको सहकार्यमा देवघाट क्षेत्र विकास समितिले उक्त अभियान सञ्चालन गरेको हो । त्रिशूली, कालीगण्डकी र नारायणी नदीमा प्लाष्टिकजन्य फोहर फालिँदा नदी प्रदूषित बन्दै गएकाले नदीलाई स्वच्छ राख्न अभियान गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा.इश्वरी लौडारीले जानकारी दिए ।

देवघाट स्नान गर्न आउने तीर्थालुले प्लास्टिकका झोलामा पूजा सामग्री लिएर आउने र नदीमा यसै छाड्दा यसले पर्यावरणमा असर पु¥याएकाले नदी प्रदूषण रोक्न अभियान सुरु गरिएको उनको भनाई छ । यस पवित्र तीर्थस्थलमा टाढाटाढाबाट तीर्थालु आउने गरेका भन्दै यस अभियानले नदीलाई सफा र हराभरा रुपमा बग्न मद्धत पुग्ने अध्यक्ष लौडारीले बताए । फोहोर व्यवस्थापन गर्न सकिएन भने जलचरमा ठुलो समस्या आउने उनले बताए ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बरालले प्लास्टिकजन्य फोहरलाई निरुत्साहन गर्नका लागि देवघाट क्षेत्र विकास समितिले नदी स्नान गर्न प्रवेश गर्ने स्थानमा कपडाको झोला वितरण गर्ने गरेको जानकारी दिए । प्लास्टिकजन्य फोहर नियन्त्रण गर्न झोला वितरण मात्रै प्रभावकारी नहुने भन्दै उनले जनचेतना फैलाएर घरबाटै प्लास्टिक नबोक्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । आफूहरुको अभियानलाई देवघाटसँग जोडिएका तीन वटै जिल्लाका पालिकाबाट सहयोग रहेको र उनीहरुले बजेट विनियोजन गरेको कार्यकारी निर्देशक बरालले जानकारी दिए ।

धार्मिक क्षेत्रमा प्लाष्टिकको प्रयोग बढ्दो रहेको भन्दै प्लाष्टिक जन्य फोहोर व्यवस्थापनमा सबै पक्ष लाग्नुपर्ने बताए । नारायणी नदीको सरसफाईलाई व्यवस्थित बनाउनका लागि आफूहरुले तीन वर्षदेखि काम गरिहेको बताउँदै अहिले ‘नदी संगै हामी अभियान’ मा १३ वटा संस्था लागेको बताए । यो अवधिमा विभिन्न संघ संस्थासंग मिलेर सरसफाई सम्बन्धी १५० भन्दा बढी कार्यक्रम गरिएको उनले बताए ।

देवघाटलाई प्लास्टिक निशेधित क्षेत्र बनाउन देवघाट गाउँपालिका, भरतपुर महानगरपालिका र गैंडाकोट गाउँपालिकासँगको सहकार्यमा देवघाट क्षेत्र विकास समिति र सहमति संस्था विच यस अघि देखी निरन्तर छलफल हुँदै आएको देवघाट क्षेत्र विकास समितिका सदस्य रामहरि पुडासैनीले बताए । देवघाटलाई प्लास्टिक निशेधित क्षेत्र बनाउनको ४० माइक्रोन भन्दा पातालो प्लास्टिक प्रयोगमा रोक लगाइने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले