बन्दीपुरको खहरेटारमा सांस्कृतिक कार्यक्रम र खेलकुँद प्रतियोगिता

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १५

बन्दीपुर गाउँपालिका–६ खहरटारेमा मंगलबारबाट पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । खहरेटारमा रहेको मिलिजुली युवा क्लबको आठौँ वार्षिकोत्सव तथा तमु ल्होसारको पावन अवसरमा आयोजना गरिएको यस उक्त कार्यक्रम अन्तर्गत शुद्ध गाउँ तथा टोलस्तरीय ‘आठौँ मिलिजुली कप–२०८२’ पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिताको बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुरुङले मंगलबार उद्घाटन गरिन् ।

प्रतियोगिताको उपाधि विजेताले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय र तृतीय हुने टोलीले क्रमशः ७० हजार र ४० हजार रुपैयाँ पुरस्कार पाउने क्लवका संस्थापक अध्यक्ष सिद्धान्त गर्जामगरले जानकारी दिए । खेलकुदमार्फत गाउँको पहिचान उजागर गर्नुका साथै युवाबीच एकता र सद्भाव मजबुत बनाउने उद्देश्यले क्लवले उक्त कार्यक्रम आयोजना गरेको थापाले बताए ।

‘खेलकुदलाई हामीले विशेष प्राथमिकतामा राखेका छौँ, यसले स्थानीय प्रतिभालाई बलियो मञ्च दिनेछ,’ थापाले भने ‘खेलकुद तथा सांस्कृतिक कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन सबैलाई हार्दिक निमन्त्रणा गर्दछु ।’
खेलकुदसँगै तमु ल्होसारको अवसरमा गुरुङ जातिको मौलिक कला, संस्कृति र पहिचान झल्किने विविध सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो ।

खेल र संस्कृतिको यो संगमले बन्दीपुरको पर्यटन प्रवद्र्धनमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकले लिएको छ । क्लवले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष पुस १५ गते खेलकुँद प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता