तनहुँ । पुस १५
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकोलागि तनहुँ क्षेत्र नम्बर १ र २ का उम्मेदवारले अधिकमत ३१ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले सुचना प्रकाशित उम्मेदवारहरुले चुनावमा खर्च गर्न पाउने रकमको सिमा निर्धारण गरेको छ । जस अनुसार तनहुँको दुबै निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।



उम्मेदवारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र त्यसरी खर्च गर्दा निजको तर्फवाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा प्रदेश÷जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले उम्मेदवारहरुलाई निर्देशन दिएको छ ।
त्यसैगरी उम्मेदवारले आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) वमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले पैतीस दिनभित्र सम्बन्धित प्रदेश÷जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न तथा आयोगले निर्देशन दिएको छ ।











