बन्दीपुर गाउँपालिकाको हिउँदे सभा सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १९

तनहुँको बन्दीपुर गाउँपालिकाको १८ औं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा सो गाउँसभा सम्पन्न भएको हो ।

गाउँपालिका सञ्चालनका लागि केहि नीति, ऐन, कानून तथा कार्यविधि समेत पारित गर्नुपर्ने भएकोले आवश्यक पर्ने नीति, ऐन, कानून र कार्यविधि समेत पारित गरिएको र अब तत्काल कार्यान्वयन समेत हुने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कमलबहादुर केसीले जानकारी दिए ।

गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले कर्मचारी र जनप्रतिनिधिले नै जनतालाई दिने सेवा प्रभावकारी बनाउने र विकास हुने भएकाले दुबै पक्ष सकारात्मक रुपमा लाग्नपर्ने र जनताले पाउने सेवा तथा विकासको कामको लागि कर्मचारीहरुलाई जनप्रतिनिधिले सहयोग गर्नेमा कुनै सकोच नराखी सहयोग गर्नुपर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष पञ्चमायाँ गुरुङले प्रस्तुत गरेको प्रतिबेदन र बिधायन समितिका संयोजक बलबहादुर गुरुङले पेश गरेको बिधेयक र ऐन पारित भएको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय