तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता, सबैभन्दा धेरै व्यासमा र कम देवघाटमा

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २१

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा पुरुष मतदाताको संख्या एक लाख २३ हजार चार सय ९१ र महिला मतदाताको संख्या एक लाख ३० हजार नौ सय छ जना रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एक लाख ३६ हजार एक सय १८ मतदाता रहेका छन् । त्यसैगरि क्षेत्र नम्बर २ तर्फ एक लाख १८ हजार दुई सय ७९ मतदाता कायम भएका छन् । तनहुँका दश पालिकामध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम मतदाता देवघाट गाउँपालिकामा रहेका छन् ।

क्षेत्र नम्बर १ को व्यास नगरपालिकामा ५१ हजार तीन सय छ, भानु नगरपालिकामा ४२ हजार एक सय चार, आँबुखैरेनी गाउँपालिकामा १४ हजार ६२, देवघाट गाउँपालिकामा १२ हजार छ सय ४४, बन्दीपुर गाउँपालिकामा १६ हजार दुई मतदाता रहेका छन् ।

यसैगरि क्षेत्र नम्बर २ को शुक्लागण्डकी नगरपालिकामा ४० हजार तीन सय पाँच, भीमाद नगरपालिकामा २५ हजार तीन सय ११, ऋषिङ गाउँपालिकामा १८ हजार सात सय ४४, घिरिङ गाउँपालिकामा १४ हजार छ सय १३, म्याग्दे गाउँपालिकामा १९ हजार तीन सय छ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले बताए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार तनहुँ जिल्लामा तीन सय नौ मतदान केन्द्र रहेको छ । ऋषिङ गाउँपालिका–४ र ६ मा एक/एक मतदान केन्द्र रहेकामा यसपटक थप एक÷एक मतदान केन्द्र थप भएको छ ।

केही अघि निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली दर्ता अभियानका क्रममा सात हजार तीन सय ९३ नयाँ मतदाता थप भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय