रेडियो देवघाटको १५ औं वार्षिकोत्सवको अवसरमा देवघाटका आश्रममा फलफुल वितरण

Devghat Online

शेयर गरौ

देवघाट । पुस २७

देवघाटमा सन्चालित रेडियो देवघाटको १५ औ वार्षिकोत्सब तथा रेडियोका संस्थापक अध्यक्ष स्व.भक्ति प्रसाद तिमल्सेनाको पाँचौ वार्षिक पुण्य स्मृति दिवसको अवसरमा आइतबार देवघाटधामका विभिन्न आश्रमहरुमा फलफुल वितरण कार्यक्रम आयोजना गरियो ।

उक्त अवसरमा देवघाट स्थित गलेश्वर आश्रम र समाजकल्याण केन्द्र बृद्धाश्रममा फुलफुल वितरण गरिएको थियो । उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, गलेश्वर आश्रमका सचिव भोजराज पौडेल, कोषाध्यक्ष राजेन्द्र अर्याल, कार्यसमिति सदस्य महेन्द्र प्याकुरेल स्व.भक्ती तिमिल्सेनाकी धर्मपत्नी लिलावती तिमल्सेना तथा परिवारजनका सदस्यहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरि देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रममा आयोजित कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा.इश्वरीराज लौडारी, पुर्व अध्यक्ष शिवराज पौडेल, कार्यकारी निर्देशक सदन बराल, बृद्धाश्रमकी प्रबन्धक देवु अधिकारी तथा अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

उक्त अवसरमा वक्ताहरुले रेडियो देवघाटले देवघाट क्षेत्रको विकासमा ठुलो भुमिका खेलेको बताएका थिए । स्व.भक्ति प्रसाद तिमल्सेनाको समाजसेवा र रेडियो प्रतिको लगावको सराहना गर्दै वृद्धाश्रममा रहनुहुने वृद्धवृद्धा प्रति सबैले सम्मान गर्नुपर्ने, व्यवस्थापन समितिले उनिहरुको स्याहार सुसार र सेवा सुविधामा कुनै कमी राख्न नहुने, आश्रमको आर्थिक उन्नतिका लागि आयस्रोत जुटाउन विशेष पहल गर्नु पर्ने र आजीवन सदस्यहरुजो संख्यामा उल्लेखनीय वृद्धि गर्दै जानू पर्ने र भौतिक संरचना भवन निर्माण तिर पनि ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय