खैरेनी माविको ५७ औं वार्षिकोत्सव सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । माघ ५

शुक्लागण्डकी नपा–६ खैरेनीटार स्थित खैरेनी माविको ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आइतवार विद्यालय परिसरमा सम्पन्न भएको छ ।

उक्त वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै गन्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले शैक्षिक गुणस्तर भएमा विद्यालय आफै नमुना बन्ने बताउदै सबैको संयुक्त प्रयास र लगानी हुनुपर्ने उल्लेख गरे । नगर उपप्रमुख खुम बहादुर विक राजुले अङग्रेजी शिक्षामात्रै शैक्षिक उपलब्धी हुने भन्ने धारणा त्याग्नुपर्नेमा जोड दिए ।

पूर्व विद्यार्थी एवम् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्राध्यापक डाक्टर बुद्धिबहादुर थापाले सानैदेखिको मिहिनेतले लक्ष्य प्राप्त गरिने हुनाले अनुशासनपूर्वक लाग्न विद्यार्थीलाई सुझाव दिए । वि.स.२०२८ सालमा सोहि विद्यालयमा अध्ययन गरेका डा. बुद्धिले आफूहरुको पालामा शिक्षक, भवन र अन्य पूर्वाधारका बावजुदपनि यहाँसम्म आइपुग्न सफल भएको सुनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष बुद्धि बहादुर थापा, वडा नम्बर ५ का अध्यक्ष दिर्घ बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मुक्तिनाथ तिम्सेना, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठ, प्रधानाध्यापक राजेश्वर घिमिरे, शिक्षक बोधराज ढकाल, विद्यार्थीहरु स्मारिका घिमिरे र शिव कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

उक्त कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सोहि अवसरमा विभिन्न अक्षयकोषदाताबाट उत्कृष्ट र जेहेन्दार विद्यार्थीलाई सम्मान र पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका