तनहुँ उद्योग वाणिज्य संघको पदस्थापना सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । माघ ५

तनहुँ उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुको पदस्थापना सम्पन्न भएको छ । हालै सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सोमबार संघको कार्यालयमा आयोजित कार्यक्रममा पदस्थापना भएको ।

गत पुस २९ गते सम्पन्न संघको १८ औं अधिवशेनबाट संघको अध्यक्षमा इमकुमार मल्ल, बरिष्ठ उपाध्यक्षमा सुवोध अधिकारी, प्रथम उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, द्वित्तिय उपाध्यक्षमा भिमलाल श्रेष्ठ, कोषाध्यक्षमा शिवओम मल्ल निर्वाचित भएका थिए ।

त्यस्तै सदस्यहरुमा संघमा आवद्ध दमौली, आबुँखैैरेनी, सत्रसय, विमलनगर, डुम्रे, बन्दिपुर र थर्पु बजार इकाईबाट निर्वाचित जिल्ला प्रतिनिधि हुन्छन् ।

महासचिवमा पुरीः यसैविच संघको महासचिवमा शुरेस पुरी मनोनित भएका छन् । संघका अध्यक्ष इमकुमार मल्लले सोमबार पुरीलाई महासचिवमा मनोनित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू