मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । माघ ५

आइतबार बन्दिपुर गाउँपालिका–४ चुनपहरा स्थित पृथ्वीराजमार्ग सडक–खण्डमा भएको मोटरसाईकल दुर्घटनामा एकको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक घाइते भएका छन् । मृत्यु हुनेमा भक्तपुर जिल्ला भक्तपुर नपा–४ का बर्ष १८ को मिनिराज प्रसाद भण्डारी रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा ललितपुरका बर्ष १८ को आदर्श लिम्बु घाइते भएका छन् । टाउको र मुखमा चोट लागेको उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

डुम्रेबाट आबुँखैरेनी तर्फ जादै गरेको प्रदेश ३–००८ प ४२५० नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई सडकको डिभाईडरमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटना पश्चात उनीहरुको लक्ष्मी सिटि अस्पताल डुम्रे लगिएको थियो । उक्त अस्पतालमा उपचार नभएपछि दुबैजनालाई थप उपचारकोलागि भरतपुर लगिएको थियो ।

बसको ठक्करले एक पैदल यात्री घाइते

म्याग्दे गापा–६ छविसे स्थित पृथ्वीराजमार्ग सडकखण्डमा सोमबार दमौलीबाट पोखरा तर्फ जादै गरेको बाग्मती प्रदेश ०१–००६ ख ६८१४ नम्बरको बसको ठक्करबाट अन्दाजी ३० बर्षका एक व्यक्ति घाइते भएका छन् ।

विगत २/३ दिन देखि अकला मन्दिर परिसरमा देखिएका फरक क्षमता भएको उक्त व्यक्तिलाई बसले ठक्कर दिई घाईते बनाएको थियो । उनको नाम थर ठेगाना पहिचान नभएको प्रहरीले जनाएको छ ।

घाइतेको उपचारको लागि गण्डकी अस्पताल पोखरा पठाईएको र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र बस चालक इलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक