दमौलीमा साहित्यिक महोत्सव हुने

Devghat Online

शेयर गरौ

तनहुँ । माघ ५

व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा यही माघ ९ र १० गते दमौलीमा साहित्यिक महोत्सव हुने भएको छ । सबै जातजातीको भाषा र संस्कृतिको संरक्षणकोलागि व्यास नगरपालिकाको सहयोगमा साहित्यिक महोत्सव गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

उक्त कार्यक्रममा व्यास नगरपालिका भित्र रहेका सबै जातजातीको भाषाको कविता प्रतियोगिता गरिने भएको छ । साथै नेपाली भाषा बाहेक अन्य भाषाको गित र गजललाई पनि प्रतियोगितामा सहभागी गराईनेभएको छ ।

उक्त पत्रकार सम्मेलनमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले व्यास नगरपालिकाले भाषा र संस्कृतीको संरक्षणकोलागि काम गर्दै आएको बताए । यो कार्यक्रम व्यास नगरपालिकाले पहिलो पटक आयोजना गरेको हुँदा कार्यक्रममा केही त्रुटी भएमा त्यसलाई आगामी दिन सच्याउन सकिने नगरप्रमुख न्यौपानेले बताए ।

व्यास नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपानेले व्यास नगरपालिका भित्र १२ वटा जातीका नागरिक बसोबास गर्ने भन्दै ति जातीका बासिन्दाको भाषा र संस्कृती संरक्षणकोलागि उक्त कार्यक्रम गर्न लागिएको बताए ।

व्यास नगरप्रज्ञा प्रतिष्ठानकी सदस्य नारायणी अधिकारीले प्रतियोगितामा एउटा भाषाको कम्तीमा पनि पाँच वटा प्रतिभा हुनुपर्ने बताइन् । प्रत्येक भाषाको छुट्टाछुट्टै प्रतिश्पर्धा गरिने र उनीहरुलाई पुरस्कृत गरिने अधिकारीले बताइन् । प्रत्येक भाषाको प्रतिभाको मुल्यांकन गर्न प्रत्येक भाषाका छुट्टाछुट्टै विज्ञलाई मुल्यांकनकर्ता बनाइने उनले बताइन् ।

उक्त प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतियलाई क्रमश ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने व्यास नगर प्रज्ञा प्रतिष्ठानकी सदस्य अन्जना तिमिल्सेनाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय