एमाले भानुको संकल्पः ‘यसपटक भगवतीलाई बिजयी गराउने छौं’

Devghat Online

शेयर गरौ

तनहुँ । माघ ८

नेकपा एमाले भानु नगर कमिटिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको उम्मेदवार भगवती न्यौपानेलाई बिजयी गराउने संकल्प लिएको छ । भानु नगर कमिटिको विहिबार बिहान बसेको बैठकले पार्टीको उम्मेदवार न्यौपानेलाई बिजयी गराउन पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्ता एकताबद्ध रुपमा परिचालित हुने निर्णय गरेको छ ।

न्यौपाने भानु नगरपालिकाकै बासिन्दा भएको कारण पनि भानुबाट धेरै भन्दा धेरै मत सुर्य चिन्हमा पार्ने गरि अभियान सुरु गर्ने नेकपा एमाले भानु नगर कमिटिका अध्यक्ष शंकर रानाभाटले बताए । आफ्नो ठाउँको विकास गर्न पनि आफ्नै ठाउँको उम्मेदवार चाहिने कुरा सम्पुर्ण भानुबासीमा बुझाउने रानाभाटले बताए । यसबाहेक एमाले उम्मेदवार न्यौपानेले विगतमा राष्ट्रिय सभाको सांसद हुँदा तनहुँ जिल्लाको विकास निर्माणको काममा गरेको योगदान, उहाँको पहलमा ल्याईएको योजना तथा पछिल्लो समय मन्त्री बन्दा गर्नुभएको सहासिक कामहरुको बारेमा आम जनतालाई बुझाउने र न्यौपानेलाई बिजयी गराउनकोलागि सम्पुर्ण पार्टी पंक्ती परिचालित हुने रानाभाटले बताए ।

उक्त बैठकमा उम्मेवार न्यौपानेले यो चुनाव राष्ट्रियता स्वाधिनता बचाउने लडाई भएको हुँदा यसबारेमा आम जनतालाई जानकारी गराउनुपर्ने बताइन् । देश विखण्डनकारी शक्ति र देशलाई बिदेशीको सुरक्षा छातामुनी लैजानुपर्छ भन्ने भन्ने शक्तिलार्ए कुनै पनि हालतमा परास्त गर्नुपर्ने भन्दै न्यौपानेले एमालेका कार्यकर्ताहरुले राष्ट्रिय स्वाभिमान र स्वाधिनतको लडाईमा आम जनताको साथ लिनुपर्ने बताइन् ।

सो कार्यक्रममा एमालेका पुर्व केन्द्रीय सल्लाहाकार प्रतापलाल श्रेष्ठ, गन्डकी प्रदेश कमिटिका सदस्य प्रेम राना, प्रदेश कमिटिका पुर्व सल्लाहाकार कृष्णराज ढकाल लगायतले यसपटक तनहुँ क्षेत्र नम्बर १ मा एमालेको उम्मेदवार बिजयी गराउन पार्टीको सबै शक्ति लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल