पिकअप भ्यान दुर्घटनामा एक बालिकाको मृत्यु, एक घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । माघ ११

म्याग्दे गापा–४ कोलडाँडा स्थित कोलडाँडा थर्पु भित्री सडकखण्डमा आइतबार बिहान पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा म्याग्दे गापा–४ कोलडाँडा बस्ने बुद्दी बहादुर घर्तीको छोरी १३ वर्षिया कोइस्का घर्ती रहेकी छिन् । दुर्घटनामा घाइते भएकी उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा सोही ठाउँका १५ वर्षिय दिपसन घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आइतबार बिहान ७.३० बजे कोलडाँडाबाट थर्पु तर्फ आउदै गरेको ग ३ च ५८३५ नम्बरको पिकअप भ्यान चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी २० मिटर तल खस्न जाँदा सो दुर्घटना भएको थियो । भ्यान चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले