म्याग्देमा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सन्चालन हुने

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १२

म्याग्दे गाउँपालिकामा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सन्चालन हुने भएको छ । स्थानीय सुशासन, सेवा प्रवाह, आर्थिक विकासका क्षेत्रमा नवप्रवर्तनको माध्यमबाट नविनमत सोच र सिर्जनशिलता प्रबद्र्धन गर्ने उद्धेश्यले गन्डकी प्रदेश सरकारले लागु गरेको मुख्यमन्त्री नवप्रबर्तन साझेदारी कार्यक्रम सन्चालनको लागि सोमबार गन्डकी प्रदेश सरकार र म्याग्दे गाउँपालिकाको विचमा सम्झौता भएको छ ।

सोमबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी र प्रदेश सरकारका सचिव कृष्णप्रसाद लम्साल विच उक्त सम्झौता पत्रमा हस्ताक्षर भयो । उक्त कार्यक्रम अन्तर्गत म्याग्दे गाउँपालिकाको वडा नम्बर ३ मा आगामी २०८४ मंसिर ३० गतेसम्म ‘डिजिटल अर्ली चाइल्डहुड एजुकेशन डेभलपमेन्ट प्रोजेक्ट’ सन्चालन हुनेछ । उक्त परियोजना २०८२ माघ १२ गतेबाट लागु हुनेछ ।

लागत साझेदारीमा सन्चालन हुने उक्त परियोजनाको कुल बजेट १ करोड ५० लाख हुनेछ । उक्त बजेट मध्ये म्याग्दे गाउँपालिकाले ४५ लाख रुपैयाँ साझेदारी गर्नेछ भने बाँकी १ करोड ५ लाख रुपैयाँ परियोजना अन्तर्गत मुख्यमन्त्री कार्यालयबाट प्राप्त हुनेछ । उक्त परियोजनाबाट म्याग्दे गाउँपालिकाका वडा नम्बर ३ का ११८ महिला र १०४ पुरुष गरि २२२ जना प्रतक्ष्य लाभान्वित हुने लक्ष्य लिईएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

परियोजना कार्यान्वयनकोलागि म्याग्दे गाउँपालिकाले एक जना अधिकृतलाई फोकल पर्सनको रुपमा तोक्नुपर्नेछ । साथै उक्त परियोनजाको आर्थिक तथा भौतिक प्रगतिको बारेमा त्रैमासिक रुपमा प्रतिबेदन तयार गरि प्रथम पक्षको रुपमा रहेको मुख्यमन्त्री कार्यालयलाई बुझाउनुपर्नेछ । यसैगरि गाउँपालिकाले गर्ने सार्वजानिक सुनुवाई कार्यक्रममा मुख्यमन्त्री नवप्रबर्तन कार्यक्रमको विषय पनि समावेश गर्नुपर्नेछ । परियोजनाको बारेमा सार्वजानिक स्थानमा सुचना पाटी टाँस गर्नुपर्ने र खर्चको बारेमा सार्वजानिक परिक्षण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

उक्त परियोजना मार्फत म्याग्दे गाउँपालिका ३ स्थित पसले आधारभूत विद्यालयलाई नमूना विद्यालय बनाईने भएको छ । डिजिटल माध्यमबाट विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गरि विद्यार्थीहरुको सिकाई दिगो र प्रभावकारी बनाई शैक्षिक गुणस्तर राम्रो बनाउन परियोजना लागू गर्न लागिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा अपाङ्गता भएका व्यक्तिकालागि १० दिने च्याउ खेती तालिम सुरु, १५ जना सहभागी

देवघाट । असार १६ देवघाटमा अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगार, आर्थिक आत्मनिर्भरता तथा उद्यमशीलतातर्फ उन्मुख गराउने