देवघाटमा माघ १९ देखि २९ गते सम्म माघ–महोत्सव तथा शतचण्डी महायज्ञ हुने

Devghat Online

शेयर गरौ

देवघाट । माघ १४

पवित्र धार्मिक स्थल देवघाटधाममा यही माघ १९ गतेदेखी २९ गतेसम्म शतचण्डी महायज्ञ एवं देवघाट माघ–महोत्सव आयोजना हुने भएको छ । देवघाट गाउँपालिका–५ टाउनचोकमा रहेको राम राम मन्दीरको आयोजना तथा भागवत बाचक आचार्य शीतल कृष्णको संकल्पमा उक्त देवघाट माघ–महोत्सव तथा शतचण्डी महायज्ञ हुने भएको हो ।

ऋषिमुनीहरुको तपोभुमीको रुपमा लिइने तथा पवित्र त्रिशुली र कालीगन्डकीको संमगमा माघ महिनामा स्नान गर्नाले ठुलो पुण्य प्राप्त हुने विश्वास छ । सोही अनुसार देवघाटमा मकर स्नान गर्न भक्तजनलाई निमन्त्रणा गर्न माघ १९ देखी २९ गतेसम्म १० दिन उक्त देवघाट माघ–महोत्सव तथा शतचण्डी महायज्ञ आयोजना गरिएको हो ।

दुर्गा पान्चायन मन्दिरको रुपमा चिनिने राम राम मन्दीरमा ४० वर्ष देखी अखण्ड रुपमा बलीरहेको धुनीमा महायज्ञको अवसरमा आफ्नै घरबाट लगेको चरु हवन गर्न पाइने महायज्ञका संकल्पकर्ता आचार्य शीतल कृष्णले बताए । महायज्ञ सन्चालनकोलागि चितवन तर्फ त्रिशुलीको किनारमा ठुलो पाण्डाल निर्माण गरिएको छ । चरु हवन भने तनहुँ तर्फ रहेको राम राम मन्दिरमा हुनेछ ।

राम राम मन्दिरको जिर्णोद्वारको लागि आयोजित उक्त महायज्ञमा विश्व विख्यात भातवत कथा बाचिका देवी प्रतिभा सहित शीतलकृष्ण महाराजले कथा वाचन गर्नेछन् । उक्त कार्यक्रमको तयारी तिव्र पारिएको आयोजकले जनाएको छ । उक्त धार्मिक अनुष्ठान मार्फत राष्ट्रको शान्ति तथा समाजको समृद्धि र मानव कल्याणको कामना गरिने छ ।

उक्त माघ–महोत्सवमा देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमलाई सभ्य, सुरक्षित र मर्यादित रुपमा सम्पन्न गर्न सबै तयारी भईरहेको आयोजक पक्षले जनाएको छ । माघ महिनाको पवित्र अवसरमा आयोजना हुने यस धार्मिक पुण्य लाभ लिन सबै श्रद्धालु भक्तजनहरुमा आयोजक पक्षले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको