पत्रकार गोरा मियाँको निधन

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २१

नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ तनहुँका पुर्व सल्लाहाकार शेष महम्मद हनिफ गोरा मियाँको असामयिक निधन भएको छ । मियाँको बुधबार साँझ आफ्नै निवासमा निधन भएको हो ।

मंगलबार दिउँसो आफ्नै घरको कोठामा एक्कासी ढलेका मियाँलाई उपचारकोलागि तत्काल नजिकैको रत्नहरि अस्पतालमा लगिएको थियो । केही समयमै उनको थप उपचारकोलागि मणिपाल अस्पताल पोखरा पु¥याईएको थियो । उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार नआएपछि बुधबार दिउँसो घर ल्याइएकामा साँझ आफ्नै निवासमा मियाँको निधन भएको हो ।

स्व. मियाँ लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै प्रेस स्वतन्त्रता, पेशागत हकहित र सामाजिक उत्तरदायित्वका पक्षमा दृढ रूपमा लागिरहेका थिए । उनको निधनले तनहुँको पत्रकारिता क्षेत्रले एक जुझारु, निडर र समर्पित नेतृत्व गुमाएको नेपाल पत्रकार महासंघ तनहुँले जनाएको छ । जुन तनहुँको पत्रकारिता क्षेत्रकोलागि अपूरणीय क्षति हो ।

नेपाल पत्रकार महासंघ तनहुँ शाखले स्व. मियाँप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । मियाँको विहिबार बिहान धार्मिक परम्परा अनुसार अन्तेष्टि गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता