महिला सशक्तिकरण र सामाजिक न्यायको लागि काम गर्ने न्यौपानेको प्रतिबद्धता

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ६

तनहुँ क्षेत्र नम्बर १ की नेकपा एमालेकी उम्मेदवार भगवती न्यौपानेले महिला सशक्तिकरण र सामाजिक न्यायको लागि काम गर्ने प्रतिबद्धता जनाएकी छिन् । आफ्नो चुनावी घोषणापत्रमा न्यौपानेले महिला सशक्तिकरण र सामाजिक न्याय तर्फ महिला, पुरुष दुवैलाई समान अवसर, सम्मान र सहभागिता सुनिश्चितताको लागि काम गर्ने जनाएकी हुन् ।

महिलाको आर्थिक सशक्तिकरणका लागि सहकारी, उद्यम र सीप विकास, हिंसा पीडित, एकल र विपन्न महिलालाई सुरक्षा र पुनःस्थापना कार्यक्रम सन्चालन, नीति र निर्णय तहमा महिलाको अर्थपूर्ण सहभागिता, दलित, जनजाति, अपाङ्गता भएका नागरिक र पिछडिएका समुदायको समावेशी पहुँचको लागि प्राथमिकताका साथ काम गर्ने न्यौपानेले बताइन् ।

रोजगारीका विभिन्न क्षेत्रहरुमा महिला, बालबालिकाको विशेष संरक्षण, लैङ्गिक समानता, सामाजिक न्याय प्रवद्र्धन र नेतृत्व क्षमता विकासमा प्राथमिकता तथा स्थानीय तहमा महिला उद्यम, स्वरोजगार र वित्तीय पहुँचलाई प्रोत्साहन गर्ने उनले प्रतिबद्धता जनाएकी छिन् ।

महिला आधा आकाश मात्रै नभएर सिर्जना र सृष्टि रहेको भन्दै न्यौपानेले यस पटक महिलाहरुले महिला उम्मेदवारलाई नै जिताएर इतिहाँस रच्न आतुर रहेको बताइन् । अहिलेसम्म ठुला पार्टीहरुले महिलालाई उम्मेदवार नबनाउँदा मतदातामा निराशा रहेको अवस्थामा एमालेले आफुलाई उम्मेदवार बताउँदा महिला मतदातामा उत्साह बढेको न्यौपानेले बताइन् ।

‘अवको जित हाम्रो हो, जनताको सम्मान र हाम्रो भविष्यको जित हो’ न्यौपानेले भनिन् ‘जनताको सम्मान र भविष्यको लागि सुर्य चिन्हमा मतदान गरि मलाई बिजयी गराउनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय