एमालेले विगत र वर्तमानमा खेलेका भुमिकालाई मुल्यांकन गरेर मत दिनुहोसः उम्मेदवार सिग्देल

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ६

नेकपा एमालेका तर्फबाट तनहुँ–२ का प्रतिनिधी सभा सदस्य उम्मेदवार केदार सिग्देलले लहैलहैमा र प्रलोभनमा पारेर मत लिने पक्षमा आफूहरु नभएको बताएका छन् । तनहुँको शुक्लागण्डकीका विभिन्न क्षेत्रमा घरदलो अभियानका क्रममा बुधवार उनले यस्तो बताएका हुन् । विगत र वर्तमानमा खेलेका भुमिकालाई मुल्यांकन गरेर मत दिन उनले आग्रह गरे ।

‘गम्भिर भएर एक पटक सोच्नुहोस । घोषणापत्र र प्रतिवद्धता हेरेर मत दिनुहोस, लहैलहैमा लागेर होइन’ उनले भने । पार्टीका केन्द्रिय सदस्य समेत रहेका नेता सिग्देलले राष्ट्रियताको विषयमा चट्टानी अडान राख्ने नेतृत्वनै अहिलेको देशको आवश्यकता भएको उल्लेख गरे ।

सिग्देल बुधवार वडा नम्बर ३ को कालिम¥याङ, उदेनढुङ्गा, कवासे, वडा नम्बर ४ को दुलेगौंडा, वडा नम्बर ५ को बेलचौतारा, थर्पुटार, भुरुङ्गे, नयाँगाउँमा पुगि घरदैलो गर्नुका साथै कोणसभामा सहभागि भएका थिए ।

सो अवसरमा स्थानीयले त्यस क्षेत्रका समस्याबारे जानकारी गराएका थिए । पार्टीका केन्द्रिय सल्लाहर समिति सदस्य नरेन्द्र वाग्ले, गण्डकी प्रदेश सदस्य कमल ढकाल, जिल्ला उपाध्यक्ष राजेश्वर ढकाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले