मतदाताको एक मतले देशको भाग्य कोर्छ, त्यसैले गम्भीरतापूर्वक विचार गरि मत दिनुसः एमाले उम्मेदवार न्यौपाने

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ७

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ की उम्मेदवार भगवती न्यौपानेले मतदाताको एक/एक मतले देशको भाग्य कोर्ने भएकाले आफ्नो अमूल्य मत खसाल्नुअघि गम्भीरतापूर्वक विचार गर्नुपर्ने बताएकी छिन् । मतदाताहरुसँगको भेटमा न्यौपानेले निर्वाचनको परिणामले देश बनाउने की देश जलाउने भन्ने निर्णय गर्ने हुँदा देश बनाउने पार्टी एमालेलाई रोज्न आग्रह गरेकी छिन् ।

यस निर्वाचनमा ‘राष्ट्रिय हितको रक्षा र सम्वद्र्धन स्थायित्व, सुशासन र विकासको प्रवद्र्धन’ मुख्य सङ्कल्प बोकेर नेकपा (एमाले) मतदाताहरु समक्ष प्रस्तुत भएको भन्दै उनले नेपालको भाग्य र भविष्य कोर्न एमालेलाई मतदान गर्नुपर्ने बताइन् । देशको अग्रगतिका लागि अस्थिरता, अव्यवस्था र शक्ति केन्द्रहरूको चलखेल सधैंभरि मुख्य बाधकका रूपमा रहँदै आएको भन्दै न्यौपानेले प्रतिनिधि सभाको निर्वाचन केवल मत र प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई हाम्रो लोकतान्त्रिक अधिकार, संविधानको रक्षा, राष्ट्रिय एकता र जनताको समृद्धि सुनिश्चित गर्ने निर्णायक क्षण भएको बताइन् ।

विगतका वर्षहरूमा राजनीतिक अस्थिरता, योजना कार्यान्वयनको ढिलाई र जनताको अपेक्षित जीवनस्तरमा सुधार नआउनुमा सवै राजनैतिक दल र राजनैतिक व्यक्तिहरुको कहिँ न कहिँ दोष पक्कै छ भन्दै उनले तर आज आगामी पाँच वर्षमा जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने विकास र सेवा प्रवाह मार्फत सकारात्मक परिवर्तन गर्ने सु अवसर रहेको बताएकी छिन् । जेन–जी युवाहरूको शान्तिपूर्ण प्रदर्शनका क्रममा केही षड्यन्त्रकारी तत्वहरूले हिंसा मच्चाउँदा निर्दोष युवाहरूले ज्यान गुमाउनु परेको घटनाको नकारात्मक असरबाट आज मुलुक आक्रान्त रहेको बताउँदै न्यौपानेले हरेक दृष्टिले मुलुक सङ्कटको सँघारमा रहेको बताईन् ।

‘अहिले लोकतन्त्रको धज्जी उडाइएको छ र अग्रगतिको यात्रालाई उल्ट्याउने काम गरिएको छ । विकास र समृद्धिको यात्रा अवरुद्ध गरी देशलाई ओरालोतिर धकेलिएको छ । यस गतिहीनता, अवरोध र उल्टो यात्रालाई रोकी देशलाई शान्ति, स्थिरता, स्थायित्व, भ्रष्टाचार नियन्त्रण र सुशासन तथा विकासको बाटोमा अग्रसर गराउनु छ’ न्यौपानेले भनिन् ‘राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अभिवृद्धि गर्नुछ । यस घटनाले देखाएको सत्य यही हो कि हाम्रो संविधान, हाम्रो कानून र हाम्रो सुरक्षा संरचना कुनै भीड वा षड्यन्त्रकारी तत्वको दबाबमा कमजोर हुनु हुँदैन । संविधानको रक्षा र लोकतन्त्रको सम्मान गर्नु हामी सबैको जिम्मेवारी हो ।’

आगामी फाल्गुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचन, यस सङ्कटको चक्रब्यूहबाट मुलुकलाई मुक्त गर्ने निर्णायक अवसर भएको न्यौपानेले बताइन् । ‘षडयन्त्रपूर्ण ढङ्गले विस्थापित गरिएको जनादेशलाई पुनस्र्थापित गर्ने मूल्यवान मौका हो । आफ्नो देशका समस्या देशभित्रैबाट समाधान गर्न हामी सक्षम छौं भनी संसारलाई देखाउने अनुकूल समय हो ।’ न्यौपानेले भनिन् ‘यस मौकालाई सदुपयोग गर्न हामी सार्वभौम नेपाली जनतासमक्ष हार्दिक अनुरोध गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण