मतदाताको घरदैलोमा न्यौपाने, महिलाहरुको उल्लेख्य साथ र सहभागिता

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ९

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ की उम्मेदवार भगवती न्यौपाने चुनावी प्रचार अभियानको क्रममा तनहुँ क्षेत्र नम्बर १ का विभिन्न स्थानका मतदातालाई भेट्न घर दैलो र कोणसभामा सहभागी भएकी छन् । न्यौपाने शनिबार व्यास नपा १०, ७, ८ र ९ तथा शुक्रबार बन्दीपुर गाउँपालिका १ का विभिन्न स्थानका मतदातालाई भेट्न पुगिन् ।

शुक्रबार बन्दीपुरको वडा नम्बर १ मा मतदातालाई भेट्न पुगेकी न्यौपानेलाई उल्लेख्य संख्यामा महिलाहरुले साथ दिएका थिए । यसपटक तनहुँ क्षेत्र नम्बर १ मा महिला उम्मेदवार भएको हुँदा महिलाले साथ दिनुपर्ने सहभागीहरुको जोड थियो । महिलालाई चुनाव जिताएर यस पटक इतिहाँस रच्ने बन्दीपुरका महिलाहरुले बताएका थिए । महिलाहरुको उल्लेख्य साथ र सहभागिताले यसपटक एमालेले चुनाव जित्ने बन्दीपुर गाउँपालिकाका नेकपा एमालेका उपाध्यक्ष अमिर गुरुङले बताए ।

शनिबार पनि न्यौपानेको चुनावी अभियानमा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । न्यौपानेको चुनावी सभामा हरेक स्थानमा महिलाहरुको उल्लेख्य सहभागिता देखिएको छ । एमाले उम्मेदवार न्यौपानेले पनि मतदातासँगको भेटमा महिला सशक्तिकरण र सामाजिक न्यायको लागि काम गर्ने प्रतिबद्धता जनाएकी छिन् । उनले महिला सशक्तिकरण र सामाजिक न्याय तर्फ महिला, पुरुष दुवैलाई समान
अवसर, सम्मान र सहभागिता सुनिश्चितताको लागि काम गर्ने बताएकी छिन् ।

महिलाको आर्थिक सशक्तिकरणका लागि सहकारी, उद्यम र सीप विकास, हिंसा पीडित, एकल र विपन्न महिलालाई सुरक्षा र पुनःस्थापना कार्यक्रम सन्चालन, नीति र निर्णय तहमा महिलाको अर्थपूर्ण सहभागिता, दलित, जनजाति, अपाङ्गता भएका नागरिक र पिछडिएका समुदायको समावेशी पहुँचको लागि प्राथमिकताका साथ काम गर्ने न्यौपानेले बताएकी छिन् । रोजगारीका विभिन्न क्षेत्रहरुमा महिला,
बालबालिकाको विशेष संरक्षण, लैङ्गिक समानता, सामाजिक न्याय प्रवद्र्धन र नेतृत्व क्षमता विकासमा प्राथमिकता तथा स्थानीय तहमा महिला उद्यम, स्वरोजगार र वित्तीय पहुँचलाई प्रोत्साहन गर्ने उनले प्रतिबद्धता जनाएकी छिन् ।

महिला आधा आकाश मात्रै नभएर सिर्जना र सृष्टि रहेको भन्दै न्यौपानेले यस पटक महिलाहरुले महिला उम्मेदवारलाई नै जिताएर इतिहाँस रच्न आतुर रहेको बताइन् । अहिलेसम्म ठुला पार्टीहरुले महिलालाई उम्मेदवार नबनाउँदा मतदातामा निराशा रहेको अवस्थामा एमालेले आफुलाई उम्मेदवार बताउँदा महिला मतदातामा उत्साह बढेको न्यौपानेले बताइन् । ‘अवको जित हाम्रो हो, जनताको सम्मान र हाम्रो भविष्यको जित हो’ न्यौपानेले भनिन् ‘जनताको सम्मान र भविष्यको लागि सुर्य चिन्हमा मतदान गरि मलाई बिजयी गराउनुहोस् ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी