देवघाटमा एमालेको बृहत युवा र महिला भेला सम्पन्न, देशलाई खरानी बन्नबाट रोक्न एमालेलाई जिताउनुपर्नेः न्यौपाने

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, फागुन १०

देवघाट गाउँपालिकामा आइतबार नेकपा एमालेको बृहत युवा तथा महिला भेला सम्पन्न भएको छ । उक्त भेलालाई नेकपा एमालेकी केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर १ की उम्मेदवार भगवती न्यौपानेले सम्बोधन गरिन् ।

सो अवसरमा बोल्दै उम्मेदवार न्यौपानेले अहिले देशलाई खरानी बनाउन खोजिएको र यसलाई रोक्न नेकपा एमालेलाई बिजयी गराउनुपर्ने बताईन् । बिदेशी दलालका उम्मेदवारलाई फाल्गुन २१ गते हुने निर्वाचनमा जनताले बहिष्कार गर्नुपर्ने उनको भनाई थियो । अहिलेको लडाई देश जलाउने र देश बचाउनेको बिचमा रहेको भन्दै न्यौपानेले सामाजिक सञ्जाल हेरेको भरमा धारणा बनाउनेले समाजको यथार्थ बुझ्नुपर्ने बताइन् ।

उनले निर्वाचनमा आफु बिजयी हुने दाबी गरिन् । अहिले जनताले देशको पछिल्लो अवस्थाको यथार्थ बुझ्दै गएपछि एमालेको पक्षमा माहौल बन्दै गएको न्यौपानेको भनाई थियो । त्यसैगरि महिलाहरुको आवाज सुनुवाई हुन, युवाहरुलाई स्वरोजगार बनाउन, तनहुँको मुहार फेर्न र समृद्ध नेपाल निर्माण गर्नको लागि एमालेले जित्नुपर्ने न्यौपानेको भनाई थियो ।

आफुले जनतासँग भोटको ऋण मागेको र त्यो ऋण बाक्समा मत दिन र आफुले त्यस ऋणको बदलामा जनताको मुहारमा उज्यालो ल्याउने गरि काम गर्ने उनले बताइन् । आफुले व्यक्तिगत रहर, पारिवारिक रहर सबै त्यागेको भन्दै उनले देशको मुहार फेर्ने एक मात्र आफ्नो रहर भएको बताईन् । ५३ दिन मन्त्री हुदा ईतिहास रच्ने काम गरेको भन्दै न्यौपानेले उक्त कामको जनताले मुल्यांकन गर्ने विश्वास रहेको बताइन् ।
उक्त कार्यक्रममा नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सदस्य तथा युवा नेता पुर्णबहादुर गुरुङले राष्ट्र र राष्ट्रियताको सवालमा नेकपा एमाले दरिलो खम्वा भई उभिरहदा बिदेशी दलालले नेकपा एमालेलाई राष्ट्रघातको उपनाम दिने गरेको गुरुङले बताए । राष्ट्रिय एकताको संरक्षण गर्ने पार्टी एमालेमात्र रहेको उनले बताए । गुरुङले देवघाटको समग्र विकासकोलागि एमालेलाई जिताउनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटिका सचिवालय सदस्य बावुराम अधिकारीले अव हुने चुनाव देश जलाउने र देश बनाउनेको चुनाव रहेको अधिकारीले बताए । उनले नेकपा एमाले सरकार हुदा गरेको काम र नेकपा एमाले माथि लागेको अफवाह हरेक व्यक्तिले बुझ्नुपर्ने बताए । नेकपा एमाले जिल्ला कमिटि सदस्य केशवचन्द्र न्यौपानेले देश र जनताको भविष्य सुनिश्चित गराउन एमालेको सुर्य चिन्हमा मतदान गर्नुपर्ने बताए । आधा आकाश ढाक्ने महिलालाई एमालेले यसपटक उम्मेदवार बनाएको भन्दै न्यौपानेले यसपटक इतिहाँस रच्न एमालेलाई जिताउनुपर्ने बताए । देवघाटको हालसम्म भएको सबै विकास एमालेकै पालामा भएको र बाँकी रहेको बिकासको काम पुरा गर्न पनि एमाले नै चाहिने न्यौपानेले बताए ।

नेकपा एमाले जिल्ला कमिटि सदस्य शुकुलाल गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा देवघाटका युवा अनुप जोशीले सरकार सन्चालनको क्रममा एमालेको केही कमी कमजोरी भएपनि राष्ट्रियताको सवाल र देशभक्तीको मामिलामा एमालेको काम अन्य पार्टी भन्दा सयौं गुणा राम्रो रहेको बताए । उक्त कार्यक्रमको सन्चालन नेकपा ऐमाले देवघाट वडा नम्बर ५ कमिटिका अध्यक्ष विकास ढकालले गरेका थिए । सो कार्यक्रममा नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष भिमबहादुर गुरुङले देवघाटमा चुनाव परिचालनको काम प्रभावकारी भईरहेको बताए । उनले अझै पनि देवघाटका जनतालाई एमालेको कामको बारेमा जानकारी गराई धेरै भन्दा धेरै जनतालाई एमालेको पक्षमा ल्याउनुपर्ने बताए ।

यसैविच उक्त कार्यक्रममा सहभागी हुन देवघाट आउँदा उम्मेदवार न्यौपानेलाई दासढुङ्गाको पुलमा युवाहरुले स्वागत गरि मोटरसाईकल ¥याली सहित कार्यक्रम सन्चालन हुने स्थान देवघाट गार्डेन रिर्साेटसम्म लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी