काँग्रेस र राप्रपाका उम्मेदवार विच भेट, एक अर्काको घोषणापत्र साटासाट

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १०

तनहुँ क्षेत्र नम्बर १ का नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरु विच भेट भएको छ । चुनाव प्रचारको क्रममा आइतबार आबुँखैरेनीमा नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राप्रपाका उम्मेदवार अभिषेक जोशी विच भेट भएको हो ।

भेटमा उनीहरुले आत्मियता साटासाट गर्दै एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए । साथै उनीहरुले एक अर्काको चुनावी घोषणापत्र पनि सो अवसरमा साटासाट गरेका थिए । उक्त क्रममा राप्रपाका जोशीले भट्टराईलाई हिन्दुहरुको पवित्र ग्रन्थ श्रीमद्भागवत गीता हस्तान्तरण गरेका थिए ।

जोशी श्रीभद्भागगत गीताको वितरणको अभियन्ता समेत हुन् । उनले एक लाख हिन्दुहरुको घरमा उक्त पुस्तक निशुल्क वितरण गर्ने लक्ष्य राखेका छन् । जोशीले चुनाव प्रचारसँगै श्रीमद्भागवत गीता पनि वितरण गरिरहेका छन् । जोशीको उक्त कार्यलाई हिन्दु धर्मावलम्बीले मन पराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण