रास्वपाका वाग्ले देवघाटमा, तनहुँको विकासकोलागि एक पटक मौका दिन अनुरोध

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १०

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा.स्वर्णिम वाग्ले आइतबार देवघाट गाउँपालिका–५ को विभिन्न टोलमा मतदातालाई भेटघाट गर्न पुगे । गत विहिबार देवघाट गाउँपालिका–४ को गाइघाटबाट चुनावी यात्रा सुरु गरेका वाग्ले विभिन्न वडाका मतदातालाई भेटी आइतबार वडा नम्बर ५ आईपुगेका थिए ।

देवघाटका मतदातासँगको भेटमा वाग्लेले तनहुँको विकासकोलागि एक पटक मौक दिन अनुरोध गरे । यस अघि उपनिर्वाचनमा बिजयी भएपनि पार्टी लामो समय प्रतिपक्षमा रहेको र आफुले पनि तिन वर्ष भन्दा बढि काम गर्न नपाएको भन्दै वाग्लेले अवको निर्वाचन पछि रास्वपाको नेतृत्वमा सरकार बन्ने र उक्त सरकार मार्फत आफुले तनहुँको विकासकोलागि काम गर्ने मतदाता समक्ष बताए ।

मतदाता समक्ष वाग्लेले तनहुँको विकासको लागि कनेक्टिभिटी र पुर्वाधार सुदृढिकरण, कृषि, पशुपालन र सिंचाई मार्फत ग्रामिण अर्थतन्त्रको पुनरुत्थान, शिक्षा, स्वास्थ्य र खेलकुँद र गुणस्तरीय सामाजिक लगानी मुख्य प्राथमिकतामा राखेको बताए ।

वाग्लेले जनताको नजिक रहेर जनता केन्द्रित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफू जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको बताए । उपनिर्वाचनबाट विजयी भएपश्चात् जनताको नजिक रहेर काम गरिरहेको बताउँदै वाग्लेले सङ्घीय सांसदको काम ऐन, नियम बनाउनुपर्ने भएकाले काठमाडौं बसाइँलाई अन्य दृष्टिकोणले नहेर्न आग्रह गरे ।

 

‘सङ्घ, प्रदेश र स्थानीय तहमा हाम्रो सरकार थिएन, त्यसैले केही गर्न सकेनौँ, सङ्घीय सांसदको मुख्य काम ऐननियम बनाउनु हो । कामका लागि राजधानी बसे पनि जनहित मेरो पहिलो प्राथमिकता हो,’ वाग्लेले भने । उनले आगामी निर्वाचन र पार्टीको कार्यक्रमअनुसार जनताको आकांक्षा पूरा गर्न प्रयास गर्ने प्रतिबद्धता जनाए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय