क्षेत्र नम्बर २ का ग्रामिण बस्तीमा नेकपाका उम्मेदवार थापा मगर

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ११

नेपाली कम्युनिष्ट पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नं २ का उम्मेदवारसोम बहादुर थापाले आफ्नो निर्वाचन क्षेत्रका विभित्र गाउँबस्तीमा घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तीव्रता दिएका छन् ।

निर्वाचन प्रचार–प्रसारका क्रममा थापा अहिले घिरिङ्ग गाउँपालिका विभित्र गाउँ बस्तीमा पुगेका छन् । थापाले त्यहाँका स्थानीय मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या सुत्रे र आफ्ना चुनावी एजेन्डाहरू राख्ने कार्य गरेका छन् । घिरिङ्गका विभित्र स्थानहरूमा घरदैलो कार्यक्रम सम्पत्र गरेका छन् । अभियानका क्रममा थापाले लगायतका स्थानहरूमा घरदैलो तथा मतदाता भेटघाट गरेका थिए ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार थापाले मतदातासँग आफूलाई एकपटक अवसर दिन आग्रह गरेका छन् । ‘मलाई भोट दिएर मेरो क्षमता जाँच्नुस्, कामबाटै प्रमाणित गर्छु’ उनले चुनावी अभियानका क्रममा बताए । आफू आदीवासी जनजाति समुदायको युवा नेता भएको दाबी गर्दै उनले विकास, सुशासन र जनताको दैनिक समस्याको समाधानलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।

यस क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दामा ठोस योजना रहेको उल्लेख गर्दै उनले अवसर पाए परिणाम देखाउने विश्वास दिलाए । घरदैलो कार्यक्रम तथा टोलसभामा उनले भने, ‘नेता भाषणले होइन, कामले चिनिनुपर्छ । मैले बोलेका कुरा कार्यान्वयन गरेर देखाउनेछु ।’ यस अवसरमा उनले आफ्नो मुख्य पाँच बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् ।

जसअन्तर्गत तनहुँ–२ लाई समृद्ध र नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने, पूर्वाधार विकास तथा सामाजिक सुरक्षालाई सुदृढ बनाउने, कृषि–पर्यटन र साना उद्योगलाई विकासको केन्द्रमा राख्ने, युवाको वैदेशिक पलायन अन्त्य गर्न रोजगारीका अवसर सिर्जना गर्ने तथा रोजगारीमुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । मतदातामाझ उनको यो अभिव्यक्ति र प्रतिबद्धता अहिले चुनावी मैदानमा चर्चाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय