तनहुँ । फागुन ११
तनहुँ क्षेत्र नम्बर २ का मतदाता नेकपा एमालेका उम्मेदवार केदार सिग्देललाई सादा जिवन र उच्च विचारका प्रतिक मान्छन् । त्रिभुवन
विश्वविद्यालयबाट राजनीति शास्त्रमा एम.ए र वि.एल उत्तिर्ण गरेका सिग्देल उच्चस्तरीय शैक्षिक उपाधि प्राप्त भएपनि जनसेवा अब्बल मानिन्छन् ।
राजनीति र पेशाले मध्यम वर्गीय किसानका रुपमा परिचित सिग्देल भिमाद नपा–१ का स्थायी पुख्र्यौली रैथाने बासिन्दा हुन् । केदार सिग्देल विकास, सामाजिक–न्याय, मानवअधिकार, सुशासन तथा सुव्यवस्थाका पक्षमा एवं हर नाम, रुप या प्रकारका निरङ्कुशता, अराजकता,
पाखण्ड र भ्रष्टाचारका विरुद्धमा हरदम जनताको साथमा रही आजीवन संघर्षरत चिरपरिचित एक दुर्लभ उदाहरणीय अथक जुझारु योद्धा रहेको भिमाद नपा–१ का माधव सिग्देलले बताए ।



माधवको नजरमा केदार सिग्देल ‘जनअपेक्षित बहुआयामिक सन्तुलित विकासका लागि राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणकाबीच लयात्मक गति स्थापित हुनु अनिवार्य शर्त हो, ठगी खानु अक्षम्य अपराध हो, गरी खाने संस्कृति बसाल्नुपर्छ ’ भन्ने मूल्य–मान्यताका अनुशरणीय अनुपम व्यक्तित्व तथा ‘सादा जीवन उच्च विचार’ आदर्शका सच्चा अनुयायी हुन् । केदार सिग्देलमा अन्तर्निहित विशिष्ट गुण, चरित्र र विशेषतासँग कम्तीमा पनि सिङ्गो तनहुँ जिल्ला साक्षात्कार रहेको माधवको भनाई छ ।
माधवको नजरमा केदार सिग्देलको परिचय र पहिचान यस्तो छ-आचरणमा सदाचार–जनताप्रति वफादार, विचारका सच्चा–वचनका पक्का, सुखदुखका साथी–विकासका सारथी, जनमनको धड्कन–समाजको स्पन्दन, संघर्षको मैदानमा–सधैँ अग्रिम मोर्चामा, जनताको कारिन्दा–स्थानीय बासिन्दा, कानुनका विद्यार्थी– राजनीतिका शिक्षार्थी, अनुभव, इमान, सक्षमता–जगजाहेर भारी सवलता, सुशासनको जनादेश–उनका लागि कार्यादेश तथा सिग्देलको नजरमा राष्ट्रहित श्वेच्छिक कर्म हो भने जनसेवा पवित्र धर्म हो ।
‘सिङ्गो देश निर्वाचनको माहोलमा छ । सामाजिक सञ्जाल हेरिसक्नु छैन । असभ्यता, क्षुद्रता र असहिष्णुताको साम्राज्यले नेपाली समाज आक्रान्त छ । ज्ञान, बुद्धि, विवेक र सद्भावको खडेरी परेको छ । सोझासिदा जनतालाई झुक्याई सांसद पद जिप्ट्याउन सकिन्छ कि भनी रिकुटेहरुको असाध्य अप्राकृतिक नौटङ्कीको गाईजात्रा यत्रतत्र सर्बत्र मञ्चन भैरहेको छ ।’
माधवले भने ‘हाम्रो निर्वाचन क्षेत्र पनि उम्मेदवाररुपी केही छद्मभेषी कस्मेटिक पर्यटकका बकम्फुसे आश्वासनका बतासेगफ र झुटका पुलिन्दाको खहरेबाढीबाट अछुतो छैन । हामीलाई सतप्रतिशत विश्वास छ, श्वाभिमानी सचेत मतदाताकाबीच यस्ता वाहियात पाखण्डी हर्कत निष्फल साबित हुने पक्का छ ।’
अतः सङ्घीय संसद प्रतिनिधिसभामा जनआवाज सशक्तरुपमा मुखरित गर्न सूर्यचिन्हमा मतदान गरी हरकोणबाट सर्वोत्तम–सुयोग्य रैथाने उम्मेदवार केदार सिग्देललाई विजयी गराउन माधवले अनुरोध गरे ।












