तारा चिन्हप्रति तनहुँमा उत्साह देखिएको छ, जित्नेमा ढुक्क छुः ढकाल

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १२

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार विद्यानाथ ढकालले चुनावी मैदानमा जनताको अथाह माया र विश्वास प्राप्त भइरहेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट ‘तारा’ चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका ढकालले घरदैलो र चुनावी अभियानका क्रममा देखिएको जनलहरले आफूलाई उत्साहित तुल्याएको बताए ।

चुनावी अभियानका क्रममा आँबुखैरेनीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले भने, ‘जनताले हामीलाई निकै माया र साथ दिनुभएको छ । त्यो माया र साथ मतमा बदलिनेछ र हामी विजयी बन्नेछौं ।’

तनहुँमा तारा चिन्हप्रति जनताको आशा र भरोसा दिनप्रतिदिन बढिरहेको उनले बताए । भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा निरन्तर आवाज उठाएका कारण मतदाताहरू आफूप्रति बढी आशावादी रहेको उनको भनाइ छ ।

आफू यहीँको स्थानीय बासिन्दा भएकाले जनताको सुखदुःखमा सधैँ साथमा रहने उनले प्रतिबद्धता जनाएका छन् । ‘जनताले आफ्नो भावना बुझ्ने र सुखदुःखमा साथ दिने प्रतिनिधिलाई संसदमा पठाउन चाहन्छन्,’ ढकाल भन्छन्, ‘तनहुँका मतदाताले त्यो भरोसाको पात्र विद्या ढकाल नै हो भन्ने मान्यता स्थापित गरिसक्नुभएको छ ।’ तनहुँ क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढिरहँदा ढकालको सक्रियता पनि बढिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले