घुमाउने पुल निर्माणमा प्राथमिकता दिने भट्टराईको प्रतिबद्धता

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १२

नेपाली कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा निर्माणाधीन अलपत्र पुललाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । विगत १२ वर्षदेखि निर्माण कार्य पूरा हुन नसक्दा यस क्षेत्रका बासिन्दाले भोग्नुपरेको सास्तीप्रति चिन्ता व्यक्त गर्दै भट्टराईले आफू निर्वाचित भएपछि यसलाई चाँडै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भट्टराईले भने ‘घुमाउने पुल तनहुँ र चितवन जोड्ने मात्र नभई दमौली पुग्ने दूरी २३ किलोमिटर छोट्याउने लाइफलाइन हो । म निर्वाचित भएर गएपछि मेरो सबैभन्दा पहिलो काम नै यस पुलको निर्माण कार्यलाई गति दिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउने हुनेछ ।’ उहाँले यसअघि उपनिर्वाचनमा जितेका प्रतिनिधिले पुल निर्माणमा कुनै चासो नदेखाएको आरोप लगाउँदै आफू विजयी भएको भए अहिलेसम्म पुल बनिसक्ने दाबी गरे ।

भट्टराईले आफ्नो चुनावी प्रतिबद्धता पत्रमा समेत घुमाउने पुललाई विशेष महत्वका साथ समावेश गरेको जानकारी दिए । वि.सं. २०७० सालमा ठेक्का सम्झौता भए पनि प्राविधिक कारण र बाढीले गर्दा हाल यो पुलको डिजाइन परिवर्तन गर्ने प्रक्रिया अगाडि बढेको छ । सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी इन्जिनियर राजेन्द्र कार्कीका अनुसार २०८० सालको बाढीले अनुमानित सतह नाघेका कारण पहिलेको ‘आर्क’ डिजाइन परिवर्तन गरी पिल्लरको उचाई थप गरेर स्टिल संरचनामा लैजाने तयारी छ ।

हालसम्म ३६ प्रतिशत मात्र भौतिक प्रगति रहेको यस पुलको म्याद २०८३ असार मसान्तसम्म थपिएको छ । १० करोड २१ लाख रुपियाँ लागतमा निर्माणाधीन यो १०५ मिटर लामो पुल अलपत्र परेपछि स्थानीय बासिन्दा आक्रोसित छन् । स्थानीयको यो आक्रोशलाई सम्बोधन गर्दै भट्टराईले यो वैकल्पिक राजमार्गलाई पूर्णता दिनु नै आफ्नो मुख्य लक्ष्य रहेको दोहो¥याए ।

भट्टराईले निर्वाचन जित्ने बित्तिकै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै निर्माण कार्यलाई तीव्रता दिने स्पष्ट पारे । सडक डिभिजन कार्यालय दमौलीका अनुसार हालसम्म पुलको भौतिक प्रगति करिब ३६ प्रतिशत मात्र छ र २०८३ असार मसान्तसम्म सम्पन्न गर्ने गरी म्याद थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय