एमाले तनहुँ–२ का उम्मेदवार सिग्देलले डिजिटल्ली सार्वजनिक गरे चुनावी प्रतिवद्धता

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १२

दुलेगौंडा, १२ फागुन । फागुन २१ हुने निर्वाचनको सरगर्मि बढ्दै जाँदा नेकपा एमालेबाट तनहुँ–२ का उम्मेदवार केदार सिग्देलले डिजिटल माध्यमबाट चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । अभियानलाई प्रविधिमैत्री बनाउँदैउनले चुनावलाई प्रविधिमैत्री बनाएका हुन् । सार्वजनिक गरिएको क्युआर कोडमार्फत सबै ठाउँबाट सहज रुपमा पढ्न सकिन्छ ।

प्रतिवद्धता पत्रमा सिग्देलले आफ्नो संक्षिप्त जीवन यात्रासँगै २०७४ सालमा प्रतिनिधी सभा सदस्यमा निर्वाचित हुदा गरेका काम र आगामी योजनाबारे उल्लेख गरेका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका सिग्देलले तनहुँ २ मा पर्ने पालिकामा खानेपानी, सिचाई, पूर्वाधार, सामाजिक क्षेत्रमा आफ्नो नेतृत्व र समन्वयमा भएको विषय समावेश छ ।

भिमाद–१ मा जन्मिएका सिग्देलले २०३५/०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई राजनितिमा होमिएका थिए । ६२ वर्षिय सिग्देल स्वच्छ आर्थिक छवि र उच्च नैतिक चरित्रका रुपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल