एमाले तनहुँ–२ का उम्मेदवार सिग्देलले डिजिटल्ली सार्वजनिक गरे चुनावी प्रतिवद्धता

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १२

दुलेगौंडा, १२ फागुन । फागुन २१ हुने निर्वाचनको सरगर्मि बढ्दै जाँदा नेकपा एमालेबाट तनहुँ–२ का उम्मेदवार केदार सिग्देलले डिजिटल माध्यमबाट चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । अभियानलाई प्रविधिमैत्री बनाउँदैउनले चुनावलाई प्रविधिमैत्री बनाएका हुन् । सार्वजनिक गरिएको क्युआर कोडमार्फत सबै ठाउँबाट सहज रुपमा पढ्न सकिन्छ ।

प्रतिवद्धता पत्रमा सिग्देलले आफ्नो संक्षिप्त जीवन यात्रासँगै २०७४ सालमा प्रतिनिधी सभा सदस्यमा निर्वाचित हुदा गरेका काम र आगामी योजनाबारे उल्लेख गरेका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका सिग्देलले तनहुँ २ मा पर्ने पालिकामा खानेपानी, सिचाई, पूर्वाधार, सामाजिक क्षेत्रमा आफ्नो नेतृत्व र समन्वयमा भएको विषय समावेश छ ।

भिमाद–१ मा जन्मिएका सिग्देलले २०३५/०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई राजनितिमा होमिएका थिए । ६२ वर्षिय सिग्देल स्वच्छ आर्थिक छवि र उच्च नैतिक चरित्रका रुपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले