पृथ्वी भुजेज
व्यास–१२ तनहुँ



–तनहुँ–१, २०८० को उपनिर्बाचनमा नेपाली कांग्रेस करिबः १९०००, नेकपा एमाले करिबः ८०००, रास्वपा करिबः ३४०००, अन्य दल अन्य दल करिबः ५००० र जम्मा जम्मा करिबः ६६००० मत । यो नतिजा यसरी नै जाने हो भने रास्वपाले चुनाब सजिलै जित्छ ।
तर हामी २०७९ को चुनाब हेरौं । काँग्रेस करिबः २५०००, एमाले करिबः १९०००, रास्वपा करिबः ६०००, अन्य दल करिबः ५०००, जम्मा करिबः ५५००० ।
–२०७९को चुनाबमा माओवादी समाजबादी र कांग्रेसको तालमेल थियो । यस क्षेत्रमा माओवादी समाजबादिको मत करिब ७००० छ । यसो हेर्दा २५००० मत मा २०७९ मा कांग्रेसको वास्तविक मत १८००० हुन आउँछ । उपनिर्बाचनमा एमालेको मत ८००० मा खुम्चिनुमा सर्बेन्द्र खानाललाई पर्यटक उम्मेदवार सम्झिनु र रास्वपाको एउटा लहर आउनु पनि एक हो ।
उपनिर्बाचनमा काँग्रेसको धेरै मत रास्वपा अनि एमालेको मत गोबिन्द भट्टराई अनि केही मत रास्वपालाई गएको देखिन्छ ।
तर आगामी फागुन २१ म हुने चुनाबमा कांग्रेस र एमालेका दुबै उम्मेदवार यहि क्षेत्रको अनि भुइँबाट उठेका नेता भएका कारण उपनिर्बाचन जस्तो नहुन सक्छ।
–अब २०७९ को मतको आधारमा भन्ने हो भने फागुन २१ मा कांग्रेसको मत माओवादी सहितको गठबन्धनमा भएको २५००० मत मा ७००० घटाउदा १८००० हुन आउँछ । जसमा जोशी समुहले २००० मत काट्छ अनि रास्वपाले ३००० काटेर बाँकी १३००० मत हुन आउँछ र नयाँ थपिएका मतदाता ३००० जोड गर्दा १६००० मत कांग्रेसको हुन्छ ।
–एमालेको मत १९००० मध्ये जोशी समुहले ५०० अनि रास्वपाले ४००० मत काट्दा एमालेको मत १४५०० हुन आउँछ र नयाँ मतदाता एमालेमा पनि करिब २००० थप हुँदा एमालेको मत जम्मा १६५०० हुन आउँछ ।
–रास्वपाको मत कांग्रेसबाट ३००० एमालेबाट ४००० माओवादीबाट १००० र नया थपिएका मतदाता बाट ४००० गरेर जम्मा १२००० हुन आउँछ ।
–फागुन २१ माओवादीको मत नयाँ थपिएका मतदातावाट फेरि ७००० हजार नै कायम हुन सक्छ ।
–यसर्थ फागुन २१ मा हुने निर्बाचनमा २०७९ मा आएको मत संरक्षण गर्नेले चुनाब जित्छ । र संरक्षण गर्न सकिएन भने उपनिर्बाचन झै घण्टी बज्छ ।












