साँढेबगर सामुदायिक वन समुहको साधारण सभा सम्पन्न

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, फागुन १३

देवघाट गाउँपालिका–५ स्थित साँढेबगर सामुदायिक वन उपभोक्ता समुहको २४ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । उक्त साधारणसभाको देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै उपाध्यक्ष गुरुङले साढेबगर सामुदायिक वनका अध्यक्ष एउटा महिला भएर पनि सामुदायिक वन चलाउन सक्नु ठुलो कुरा रहेकोे बताए । उनले सामुदायिक वन समुहको आम्दानी समुहका सदस्यहरुको आय आर्जनमा खर्चनुपर्ने बताए ।

सो कार्यक्रममा वन डिभिजन कार्यालय तनहुँका अधिकृत नविन विकले सामुदायिक वन समुहको नियम कानुनहरु हरेक उपभोक्ता समितिले जान्नु पर्ने र नियम कानुन अनुसार काम गर्न पर्ने बताए ।

साढेवगर सामुदायिक वन समुहका अध्यक्ष टिकिसरा गुरुङले आफुले महिला भएर पनि सामुदायिक वन समुहको नेतृत्व गर्दा र आफ्नो पारिवारलाई भन्दा बढी समय दिई सामुदायिक वनलाई केही गरौ भन्दा पनि कतिपय व्यक्तिहरुबाट पुर्वाग्रह लिएर आलोचना मात्र हुने गरेको बताइन् ।

धेरै चुनौती सहेर आफुले काम गरेको भन्दै अध्यक्ष गुरुङले कुनै पनि सस्थामा सबैको साथ र सहयोग पाउन सकेमात्र सस्थालाई अगाडि बढाउन सकिने बताइन् । व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर सामुहिक हितको लागि उपभोक्ताले साथ सहयोग दिन पर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ