पैसा कमाउन नभई देश बनाउन राजनीतिमा आएको हुँः वाग्ले

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १३

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा.स्वर्णिम वाग्लेले आफु पैसा कमाउन नभई देश बनाउन राजनीतिमा आएको बताएका छन् ।

विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रममा वाग्लेले आफू पैसा कमाउने उद्देश्यले नभई देश बनाउने दृढ इच्छासहित राजनीतिमा फर्किएको बताएका हुन् । उनले भने ‘म पैसा कमाउन होइन, देश बनाउने इच्छा लिएर फर्किएको हुँ’ वाग्लेले भने ‘तनहुँमा यस्तो काम गर्न चाहन्छु, जसले गर्दा जनताले सयौँ वर्षसम्म सम्झिने गरी मेरो नाम रहोस् ।’

उनले तनहुँको समग्र विकासका लागि स्पष्ट योजना र दीर्घकालीन दृष्टिकोणसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । वाग्लेले तनहुँको बृहत्तर विकासकोलागि रास्वपाको नेतृत्वमा बन्ने सरकारले काम गर्ने बताए । वाग्लेले नेपाली जनताले परिवर्तन चाहिरहेको र अबको विकल्प रास्वपालाई स्पष्ट बहुमतसहित देश चलाउने जिम्मेवारी प्राप्त हुने बताए ।

पुराना गठबन्धनका नाममा हुने सत्ता–सम्झौता, तानातान र पद–लालचले देशलाई फेरि पनि ‘सरकार फेर्ने घनचक्कर’ मा फसाउने भन्दै उनले यसको प्रत्यक्ष असर विकास, लगानी, रोजगारी र नागरिक सेवामा पर्ने बताए । स्पष्ट एजेन्डा, सक्षम नेतृत्व र परिणाममुखी कार्ययोजनासहित हामी प्रभावकारी शासनका लागि अघि बढिरहेको भन्दै वाग्लेले आफुहरुसँग बहुमत माग्ने आधार र नेतृत्व पनि रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण