मगर दिवसमा जिल्लाभर सार्वजानिक बिदा हुनु स्वागतयोग्यः गर्जामगर

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १४

नेपाल मगर संघ तनहुँका पुर्व अध्यक्ष सिद्धान्त गर्जामगरले मगर स्थापना दिवसको दिन तनहुँ जिल्लाभर सार्वजानिक बिदा दिइनु स्वागतयोग्य काम भएको बताएका छन् । मगर दिवसको पुर्व सन्ध्यामा विहिबार शुभकामना दिँदै गर्जामगरले दिवसको अवसरमा तनहुँका १० ओटै स्थानीय तहबाट नेपाल मगर संघको अपिल र सान्दर्भिकतालाई मुख्य बिषय र औचित्य ठान्दै थप उचाईमा पु¥याउनको निम्ति हार्दिक धन्यवाद सहित बिदाको निर्णय गरेकोमा स्थानीय सरकार प्रमुख प्रती हार्दिक कृतज्ञता सहित उच्च सम्मान व्यक्त गरेका छन् ।

शुक्रबार ‘एतिहासिक मगरात सभ्यताको गर्बिलो इतिहासलाई पुनर्लेखन गरौं । मगरात दर्शन निर्माणको संकल्प गर्दै संघको ४४ औं स्थापना दिबस मनाऔं’ भन्ने मुल नारा सहित नेपाल मगर संघ स्थापना दिवस मनाइने भन्दै सिद्धान्तले २०३९ फाल्गुन १५ गते तनहुँको सदरमुकाम दमौलीमा पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न गरि नेपाल मगर संघ संस्थागत रूपमा सामाजिक न्याय र समृद्ध समाज निर्माण, मौलिक भाषा, धर्म, संस्कृति, लिपीलाई थप सुदृढीकरण गर्दै पुस्तान्त्रण र रुपान्तरण गर्दै जाने ध्याय सहित अगाडी बढेको बताएका छन् ।

‘आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको युगमा प्रवेश भएको छ । यस् पुनित घडीमा सम्पुर्ण मगर समुदायहरु सामाजिक चेतना, शैक्षिक उन्नति, राजनैतिक छेमता, आर्थिक उन्नति र समृद्धिमा नवीन ढङ्गबाट चिन्तनशिल भएर सोच्ने, कार्यक्रम सहित सांगठित हुने दिन हो मगर स्थापना दिबस ।’ नेपाल मगर संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा नेपाल मगर संघ केन्द्रीय निर्वाचन समितिका संयोजक समेत रहेका गर्जामगरले भने ‘फाल्गु १५ गते तनहुँको सबै स्थानीय तह र तनहुँको सदरमुकाम जिल्ला सभा हलमा सांगठनिक र मगर सभ्यता र इतिहास अनि भाबी कार्य नीति योजना सहितको स्थापना दिबस कार्यक्रम भएको हुँदा मगर सभ्यता सहित मौलिक भेष भुषामा सहभागी भइ मगर स्थापना दिबस मनाउन हार्दिक अपिल गर्दछु ।’

साथै देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण मगर समुदाय, नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा उनले शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण