एआई तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न, क्षमता अभिवृद्धिमा जोड

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ५

नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आयोजनामा तथा गण्डकी प्रदेश प्रेस रजिष्टारको कार्यालयको सहयोगमा दुई दिने एआई तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ । बुधबारदेखि सुरु भएको तालिम बिहीबार समापन गरिएको हो ।

तालिममा जिल्लाभरका ४० सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरी समाचार संकलन, सम्पादन तथा प्रकाशन गर्ने तरिका, मोबाइल पत्रकारितामार्फत छिटो, प्रभावकारी र गुणस्तरीय सामग्री उत्पादन गर्ने सीप सम्बन्धमा जीवन भण्डारीले प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी प्रेस रजिष्टार विमला भण्डारीले सूचना प्रविधिको तीव्र विकाससँगै पत्रकारिता क्षेत्र पनि रूपान्तरणको चरणमा रहेको उल्लेख गरिन् । उनले सिकाइ प्रक्रिया कहिल्यै नरोकिने भएकाले समयअनुकूल तालिमहरू सञ्चालन गर्न प्रेस रजिष्टारको कार्यालय सधैं सहकार्य गर्न तयार रहेको बताइन् ।

भण्डारीले सञ्चारमाध्यमहरूको संस्थागत विकासमा जोड दिँदै सामाजिक सुरक्षा कोषमा आबद्ध सञ्चारमाध्यमलाई प्रोत्साहन गर्ने नीति रहेको जानकारी दिइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले पत्रकारहरूको क्षमता अभिवृद्धि नै गुणस्तरीय पत्रकारिताको आधार भएको बताउँदै आगामी दिनमा पनि यस्ता सीपमूलक तालिमहरू सञ्चालन गरिने जानकारी दिए । उनले नयाँ प्रविधिसँग पत्रकारहरूलाई अद्यावधिक गराउन महासंघ प्रतिबद्ध रहेको धारणा राखे ।

तालिमका सहभागीहरूले एआई र मोबाइल पत्रकारितासम्बन्धी सीपले आफूहरूको दैनिक समाचार सम्प्रेषण कार्यलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् । समापन कार्यक्रममा पत्रकारहरु अन्जना तिमिल्सिना, राजेश्वर हड्खले, मिला दरै, सुनिता आचार्य, रामबहादुर घले, एसबि नेपाली लगायतले तालिम फलदायी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता