बन्दीपुरमा निःशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर सञ्चालन हुने

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ५

बन्दीपुर गाउँपालिकामा निःशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । स्थानीय नागरिकहरूलाई सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले उक्त शिविर सञ्चालन गर्न लागिएको हो ।

एकीकृत विशेष स्वास्थ्य कार्यक्रम अन्तर्गत सञ्चालन हुने यस शिविर बन्दीपुर अस्पताल, तनहुँमा आयोजना गरिनेछ । कार्यक्रम अनुसार चैत ११ गतेसम्म बिरामीहरूको स्क्रिनिङ तथा आँखाको परीक्षण गरिनेछ भने चैत १२ गते मात्र आवश्यक बिरामीहरूको शल्यक्रिया गरिने आयोजकले जनाएको छ ।

शिविरमा मोतियाविन्दुका बिरामीहरूको निःशुल्क परीक्षण तथा आवश्यक परे शल्यक्रिया समेत निःशुल्क रूपमा गरिनेछ । आर्थिक अवस्था कमजोर भएका तथा उपचारबाट वञ्चित रहेका नागरिकहरूलाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालन गर्न लागिएको बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डक्टर अनिल गिरीले बताए ।

बन्दीपुर गाउँपालिकाको आयोजनामा हुने उक्त शिविरमा प्राविधिक सहयोग हिमालय आँखा अस्पताल तथा बन्दीपुर अस्पतालबाट रहनेछ । साथै कार्यक्रमलाई तामाकी फाउन्डेशनले समेत सहयोग गर्ने भएको छ ।

‘निःशुल्क आँखा शिविरमा जाऔं, दृष्टि जोगाऔं’ भन्ने नाराका साथ सञ्चालन हुने यस शिविरबाट बन्दीपुर क्षेत्रका धेरै नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ । आयोजकले आँखासम्बन्धी समस्या भएका सबैलाई स्क्रिनिङका लागि समयमै उपस्थित भई परीक्षण गराउन र आवश्यक परे शल्यक्रिया सेवा लिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ