चक्रवर्ती वन समुहद्वारा डढेलो नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम आयोजना

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, चैत ६

वन डढेलो व्यवस्थापन सचेतना सप्ताह २०८२ को अबसरमा देवघाट गाउँपालिका–छ स्थित चक्रवर्ती सामुदायिक वन उपभोक्ता समुहले शुक्रबार वन डढेलो नियन्त्रण सम्बन्धि उपभोक्ता सचेतना गोष्ठि तथा अग्नि रेखाङ्कन कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले जबसम्म प्रकृतिको सरंक्षण गर्न सक्दैन तबसम्म मानव जातिको पनि सरंक्षण नहुने बताए । पछिल्लो समयमा देवघाट वडा नम्बर ५ मा रहेको सामुदायिक वनरुले धेरै प्रगति गरेको थापाले बताए ।
स्थानिय वन ऐन लाई पालिकाले शंसोधन गरेको अध्यक्ष थापाले बताए । उनले स्थानिय सरकारले पनि वन जोगाउने विषयमा सचेतना कार्यक्रम गर्ने बताए । सामुदायिक वनबाट जिविकोपार्जन गर्न सक्ने बनाउनको लागि स्थानिय सरकारले पनि महत्त्वपूर्ण भुमिका खेल्ने अध्यक्ष थापाको भनाई थियो ।

उक्त सचेतना कार्यक्रममा सव–डिभिजन वन कार्यलय देवघाटका प्रमुख वन अधिकृत नवीन विश्वकर्माले आगोलागी प्राकृतिक भन्दा पनि कृत्रिम तरिकाले बढी मात्रा हुने गरेको भन्दै आगलागी तथा डढेलो नियन्त्रणकालागि उपभोक्ताहरु सबैभन्दा बढि सेचत बन्नुपर्ने बताए । रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिन नै उचित हुने भएकाले आगलागी हुनु भन्दा अगाडि नै अग्निरेखा सरसफाइ गरिनुपर्ने उनले बताए ।

जङ्गल आउने जाने बाटो वरपर रहेको पातहरु सङ्कलन गर्दै नियन्त्रित आगलागी गराउने र जल्ने वस्तुहरु नष्ट गर्नुपर्ने वन अधिकृत विश्वकर्माले बताए । यसोगरे ५० प्रतिशत डढेलो कम हुने विश्वकर्माले बताए । वन डढेलो जाँदा सबै भन्दा पहिला आफू सुरक्षित हुनुपर्ने आफू सुरक्षित भए पछि मात्र डढेलोको प्रकृति हेरेर आगो निभाउने विश्वकर्माले बताए ।

सो कार्यक्रममा देवघाट वडा नम्बर ५ का पुर्व वडा अध्यक्ष याल वहादुु गुरुङले वनजङ्गलबाट जिवनस्तरमा प्रतक्ष्य लाभ लिन सकिने हुँदा यसलाई सरंक्षण गर्नुपर्ने बताए । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला वन महांसघका कार्यसमितिका सदस्य भोजराज नैनावस्तीले वन डढेलो अधिकतम कृत्रिम तरिकाले हुने भन्दै आगलागी बढी मात्रामा डाँडा भेगबाट लाग्ने हुनाले सचेतना कार्यक्रममा वडा नम्बर १, २ र ३ मा प्राथमिकता दिनुपर्ने बताए । उनले डढेलोमुक्त सामुदायिक वनलाई उत्कृष्ट वन पहिचान गरि पुरुस्कृत गर्नुपर्ने बताए ।

सो कार्यक्रममा चक्रवर्ती सामुदायिक वनका अध्यक्ष डिल बहादुर गुरुङले पछिल्लो समयमा उपभोक्ताले किर्नाे फैलिने र घाँस पलाउछ भन्ने कुराले वन डढेलो लगाउने गरेको बताए । तर त्यो आगलागीबाट कति असर पार्छ भन्ने कुरा थाहा नभएको हुदा यस्तो डढेलो लगाउन नहुने गुरुङले बताए ।

चक्रवर्ती सामुदायिक वनका अध्यक्ष डिल बहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा चक्रवर्ती सामुदायिक वनका उपाध्यक्ष खेम रानाले स्वागत मन्तव्य राखेको थियो भने कार्यक्रम सञ्चालक प्रेम रानाले गरेको थियो ।

उक्त कार्यक्रममा डढेलो नियन्त्रणकोलागि वन क्षेत्रमा अग्नि रेखाङ्कन समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङको बजेट ५० करोड

तनहुँ । असार १० यसैगरि घिरिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५० करोड रहेको छ