एकिकृत सेवा कार्यालयद्वारा १२ उद्यमीलाई अनुदानमा प्रविधि हस्तान्तरण

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ९

एकिकृत सेवा कार्यालय तनहुँद्वारा सन्चालित उद्योग प्रवद्र्धनका लागि साझेदारीमा जिल्लाका १२ जना उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको छ । उद्योग सन्चालन गर्दै आएका उद्यमीलाई प्रोत्साहन अनुदानमा सिलाई मेसिन प्रदान गरिएको कार्यालयले जनाएको छ ।

उद्योग प्रबद्र्धनका साथै उद्यमीलाई प्रोत्साहन गर्न रु.३९ हजार मूल्यको सिलाई मेशिन उद्यमीलाई ५० प्रतिशत अनुदानमा उपलव्ध गराइएको कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले बताए । उक्त कार्यक्रम अन्र्तगत दुई जना किसानलाई हाते टयाक्टर र एक जनालाई कुटानी पिसानी मेसिन छिट्टै हस्तान्तरण गरिनेछ ।

सिलाई मेसिन प्राप्त गर्नेमा व्यास–२ स्थित कल्पना टेलर्स सन्चालक कल्पना मजकोटी, शुक्लागण्डकी–४ स्थित दीपक टेलर्सका रेखा परियार, व्यास–८ स्थित किन्जल टेलर्सकी तिलकुमारी मल्ल,व्यास–२ सरु लेडिज टेलर्सकी सरस्वती श्रेष्ठ, व्यास–२ एलिसा लेडिज टेलर्सकी एलिसा गुरुङ्ग रहेका छन् ।

त्यसैगरी, शुक्लागण्डकी–९ स्थित सनम टेलर्स एण्ड टेनिड सेन्टरका राजकुमारी गहतराज बिक, शुक्लागण्डकी–२ स्थित मिना टेलर्सकी मिना सुवेदी ढुङ्गना, ऋषिङ्ग–१ स्थित दिलु सिलाई उद्योग कटिङ्गकी दिलमाया थापा, व्यास–२ बरेली टेलर्सका कमला गौतम अर्गली, व्यास–२ स्थित जि एस टेलर्स र कृपा टेलर्स व्यास–२ स्थित कमल नारायण परियार र भीमाद ६ स्थित सन्तोष सिलाई उद्योगका सुक बहादुर दमै रहेका छन् ।

त्यसैगरी देवघाट गाउँपालिका–१ का बसेनी कृषि फर्म र व्यास–१ को भण्डारी कृषि तथा पशु फर्मलाई हाते टयाक्टर र व्यास–११ स्थित नविन बाख्रा फर्मलाई दाना बनाउने कुटानी पिसानी मेसिन सहयोग गरिने भएको छ ।

अघिल्लो पाँच आर्थिक बर्षमा अनुदानका लागि प्रस्ताव आव्हान गरिएकोमा कुनै पनि कार्यालयबाट अनुदान प्राप्त नगरेको स्वघोषण पत्र पेश गरेपछि उनीहरु छनौट भएका हुन् । एक पटक प्रविधि प्राप्त गरिसकेका व्यक्तिले पाँचबर्षसम्म पुन प्राप्त गर्न नपाउने प्रावधान रहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक