व्यास–८ को प्रशासनिक भवन उद्घाटन

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २

व्यास नगरपालिका वडा नम्बर ८ को नवनिर्मित प्रशासनिक भवनको बुधबार उद्घाटन गरिएको छ । रिस्तीमा निर्माण गरिएको सो भवनको नगर प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरे ।

भवनको उद्घाटन गर्दै नगर प्रमुख न्यौपानेले वडा कार्यालय जनताको सबैभन्दा नजिकको सरकार भएकाले यहाँबाट निस्पक्ष, पारदर्शी र नागरिकमैत्री सेवा प्रवाह हुनुपर्नेमा जोड दिए । उनले नयाँ भवनले सेवाको गुणस्तर बढाउनुका साथै कर्मचारी र सेवाग्राही दुवैका लागि अनुकूल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

नगर उप प्रमुख इन्दिरा दरैले विकासका पूर्वाधारसँगै सेवा प्रणाली पनि सुदृढ हुनुपर्ने उल्लेख गर्दै स्थानीय तहको विश्वास जित्ने माध्यम नै प्रभावकारी सेवा प्रवाह भएको बताइन् । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले आधुनिक संरचनाले प्रशासनिक कार्यसम्पादनलाई व्यवस्थित बनाउने र समयमै सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताए ।

वडा अध्यक्ष युवराज गुरुडको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा निवर्तमान वडा अध्यक्ष ओजराज पौडेल, वडा नम्बर ४ का अध्यक्ष मनबहादुर गुरुङ, वडा नम्बर २ का अध्यक्ष काशिराम श्रेष्ठ, वडा सदस्य विष्णुमाया राना लगायतले नयाँ भवन निर्माणसँगै वडावासीले गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे । राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिनिधि नेत्र रेग्मी, सूर्यचन्द्र लम्साल, तिला रेग्मी र कार्यपालिका सदस्य चन्द्रमायाँ परिचारलगायतले पनि विकास निर्माणमा सहकार्य आवश्यक रहेको बताएका थिए ।

सो अवसरमा वडा प्राविधिक विशाल थापाले भवन निर्माणको विवरण सार्वजनिक गर्दै ७४ लाख २२ हजार ४ सय ५ रुपैयाँको लागतमा करिब १२ महिनामा भवन सम्पन्न भएको जानकारी दिए । दुई तले आरसिसी संरचनामा चार कोठा र ४० जनाभन्दा बढी अट्ने सभाहल रहेको छ । उक्त कार्यक्रमको सहजिकरण वडा सचिव काजिमान गुरुडले गरेका थिए ।

नयाँ भवन सञ्चालनमा आएसँगै वडा कार्यालयले सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी बनाउने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार

दमौली आए जगतगुरु शंकराचार्यः ‘जगदगुरुको भ्रमणपछि व्यास जन्मभुमीलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने’

तनहुँ । जेठ १४ हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु