घिरिङमा आँखा परिक्षण शिविर हुने

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २

घिरिङ गाउँपालिका, नेपाल नेत्रहिन संघ लमजुङ, समावेशी विकासका लागि कार्य र भरतपुर आँखा अस्पताल चितवनको संयुक्त आयोजनामा घिरिङ गाउँपालिकाका पाँच वटै वडामा मोतियाबिन्दुको निशुल्क अप्रेसन सहित आँखा परिक्षण शिविर हुने भएको छ ।

उक्त शिविर बैशाख ८ गते वडा नम्बर ५ को कार्यालय धेनुङ देउरालीमा, बैशाख ९ गते वडा नम्बर ४ को फुला आधारभुत स्वास्थ्यसेवा केन्द्रमा, १० गते वडा नम्बर ४ गते गड्यौलीटार सामुदायिक स्वास्थ्य इकाईमा र बैशाख ११ गते वडा नम्बर १ को कृष्ण मावि पुट्टारमा हुनेछ ।

त्यसैगरि बैशाख १२ गते शनिबार वडा नम्बर १ कै दिपक मावि बैडीमा, १३ गते वडा नम्बर २ को गजरकोट स्वास्थ्य चौकीमा, १४ गते वडा नम्बर २ को राष्ट्रिय मावि घिरिङ देउरालीमा र बैशाख १५ र १६ गते वडा नम्बर ३ स्थित घिरिङ सुन्धारा स्वास्थ्य चौकीमा बिहान १० बजेबाट आँखा परिक्षण र मोतियाबिन्दुको सल्यक्रिया हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले जानकारी दिए ।

उक्त आँखा परिक्षण शिविरमा सहभागी भई लाभ लिनुहुन गाउँपालिकाले सबै नागरिकमा अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको