
पि एल श्रेष्ठ
तनहुँको व्यास नगरपालिकाको स्थापना दिवस चैत्र ३० गते मन्तव्य दिन अवसर मिलेको थियो । तिन वर्ष पहिले व्यास स्थापना दिवस कार्यालय परिसरमै मनाइएको थियो । त्यस बेलाको कार्यक्रमको प्रमुख अतिथि पुर्वमन्त्री शंकर भण्डारी हुनुहुन्थ्यो भने यसपाली राष्ट्रियसभाको सदस्य तथा नेकपाको नेता शुरेस आलेमगर हुनुहुन्थ्यो । कार्यक्रमको प्रमुख अतिथि र विशिष्ठ अतिथि डा.जगदिशचन्द्र पोखरेल बोलेर गैसक्नु भएको हुँदा उपस्थिति पातालो हुदै गैरहेको थियो ।



व्यास नगरको स्थापना दिवसको कार्यक्रम भएपनि शिक्षक विद्यार्थिलाई विभिन्न विधामा सम्मान पुरस्कृत गरिएको हुँदा शिक्षक विद्यार्थिको सम्मान कार्यक्रम जस्तो भैरहेको थियो । अतिथि धेरै भए पनि सवै अतिथिहरुलाई छोटो छोटो मन्तव्यको अवसर दिइएको थियो । मलाई पनि बाहिर जानु पर्ने भएकोले समय मागे अनुरुप बोल्न अवसर मिल्यो ।
आज भन्दा तिन वर्ष पहिले तनहुँको पर्यटनका वारेमा धेरै जानकार राख्नु हुने हरिसिंह गुरुङले विविधता मष्खभचकष्तथ का वारेमा विचार राख्दै भन्नु भएको थियो–हाम्रो व्यास नगर सुन्दर छ । जात, भाषा धर्म, संस्कृतिमा मात्र विविधता होइन, भुगोल प्रकृतिमा पनि विविधता छ भनी बताउनुभएको थियो । त्यसवेलामा मैले सवै कुरामा व्यास नगरमा विविधता छ भने व्यास नगर भित्र गरिने नियुक्तिहरुमा किन विविधता छैन । (धजथ लयत मष्खभचकष्तथ ष्ल बउउयष्लतmभलतक ?) व्यास नगर भित्र गरिने नियुक्तिहरुमा अरुले अवसर नपाएको हुँदा गरिएको गुनासो थियो । जवकि विविधतायुक्त व्यास नगर समृद्ध मेरो व्यास नगर भनिएकै छ ।
आजको यस व्यास नगरको ३४ औं व्यास नगर स्थापना दिवसमा भने मेरो कुनै गुनासो छैन । पुरानो राजनीतिक पार्टीहरुले केही गरेका छैनन, हामीले मौका पाए हामीले गर्छाै भन्ने वैकल्पिक शक्तिले यसपालीको निर्वाचनमा भारी मतका साथ जितेकाछन् । जनताले पनि यी पुरानो पार्टीहरुले केही गरेनन् नयाँ पार्टीले गर्छु भनेर भनेकाछन् भनेर विश्वास गरि विजयी गराएका छन् । यिनीहरु आफुलाई वैकल्पिक शक्ति भन्छन् । जव उनिहरुले नै व्यास नगरपालिकाले निकालेको दर्पण पुस्तकमा शुभकामना दिइरहँदा १४ वडामा विभाजित यस नगरपालिकाले समृद्धि र विकासको यात्रामा हासिल गरेको उल्लेखनीय प्रगतिप्रति खुसी व्यक्त गर्दछु भनेर माननीय स्वर्णिम वाग्लेले भनेपछि नगरपालिकाले गरेको काम प्रति वेखुश भै रहनु परेन । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ वाट निर्वाचित माननीय सांसद श्रीराम न्यौपानेले नगरपालिकाले सामाजिक आर्थिक तथा भौतिक पुर्वाधार क्षेत्रमा पछिल्ला वर्षहरुमा गरेको प्रयासहरु प्रशंसनीय छन् भने पछि मैले अन्य कमेन्टहरु गरिरहन बान्छनीय ठानिन ।
तर पनि यस क्षेत्रवाट विजयी हुनु भएका माननीय सांसद स्वर्णिम वाग्ले अर्थमन्त्री पनि हुनु भएको हुँदा उहाँको ध्यान आकर्षण गरि अलिक वजेट ल्याउन नगरपालिकाको प्रयास रहोस र वाँकि रहेका कामहरु सम्पन्न होस् शुभकामना । यसपाली नगरको वजेट १ अरव ८१ करोड छ, त्यस मध्ये १ अरव २८ करोड त माथि संघ सरकार वाट नै प्राप्त भएको छ । कम्तिमा पनि यसपाली डेढ अरव वजेट संघ सरकारवाट प्राप्त हुन सफल रहोस । त्यसको लागि नगरपालिकाले समयमा नै पहल गरोस् ।
यति वोल्दै गर्दा समय सकियो भनेर चिट आइरहेको थियो । तर एउटा राजनीतिक पार्टीको प्रतिनिधि भएको नाताले निर्वाचनको परिणामलाई जोडिएर केही राख्यौं भन्ने त लागेकै थियो । चिटलाई अलिकति अन्देखा राखि भनें–आज राजनीतिमा ठुलो परिवर्तन आएको छ । अनुमान भन्दा पनि धेरै सिट प्राप्त भएकोछ रास्वपाले । माननीय स्वर्णिम भन्दै हुनुहुन्थ्यो हाम्रो १५१ जति सिट आइहाल्छ कि ? तर १८२ सिट राष्ट्रिय स्वतन्त्र पार्टीले जितेकोछ । नेकपा एमाले, कंग्रेस भनिने ठूला पार्टीहरु किनारा लागे जस्तै भएकोछ । सरकारको नेतृत्व रास्वपाले गरेकोछ । यस्तो हुनुमा अन्य धेरै कारणहरु हुन सक्छन् अन्यत्र चर्चा गर्दै जाउँला । केही उल्लेखनीय यस्ता कारणहरु पनि छन कि जो निर्वाचनमा चुनाव जित्न महत्वपुर्ण कारणका रुपमा रहे ।
संसद भवन, सिंहदरवार, सर्वाेच्च अदालत लगायत अन्य हजारौ घरहरु जलाइयो, प्रशासन र जिल्ला प्रहरी कार्यालयहरु पनि जले, हतियारहरु खोसिए, बन्दीहरु जेल वाट वाहिर निस्किए, नजलेको त काठमाडौ महानगरपालिका र अन्य केही भवनहरु । अझ यसो भनुँ पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्षले कार्य सञ्चालन गर्नु हुने सिहदरवार जलाइयो, उहाँ बस्नु हुने निवास याने बालुवाटार जलाइयो । जहाँ सेनाले सुरक्षा गर्छ । उहाँको निवास बालकोट पनि जलाएर खरानी वनाइयो, जवकि त्यो राज्यलार्ई सुम्पिने घोषणा भै सकेको थियो । त्यति मात्र नभएर उहाँको दमकको घर पनि जलाईयो, ते¥हथुमको घर पनि वाँकि रहेन । उहाँ एमालेको अध्यक्ष हो, उहाँको केन्द्रिय कार्यालय याने एमालेको च्यासलको घर पनि जलाएर ध्वस्त वनाइयो । अझ प्रधानमन्त्रीवाट राजिनामा नगरी सेनाले रेस्क्यु नगरेको भए ज्यानै जोखिममा थियो । त्यति मात्र होइन संसद विघटन गरियो, उनिहरुकै प्रीय शुसिला कार्की जो सडकमा बालेन बलियो छ, शक्तिशाली छ, भन्ने प्रधानमन्त्री थिए । अन्तरिम सरकारका प्रधानमन्त्री जो भाद्र २४ गते एकै ठाँउमा थिए र भनेका थिए–काठमाडौंमा हेलिकप्टर उड्दा भागे भागे सेनाले भगाए अव कता जान्छ हेलिकप्टर हेरुं है हेरु भन्दै थिए । यस्तो अवस्थामा चुनाव कसरी जितिन्छ होला ? चुनाव हारिनु कुनै नौलो कुरा भएन । काँग्रेसले पनि चुनाव जितेन, जित्नु कसरी ? जसको नेतृन्व माथि याने सभापति शेर वहादुर देउवा र श्रीमती आरजु देउवा माथि सांघातिक भौतिक आक्रमण गरियो । चुनाव त नेकपाले पनि जितेन प्रचण्डको निवास र केन्द्रीय कार्यालय पनि जलाइयो । तर नेकपाको मुलत प्रचण्डको भुमिका अभिव्यक्ति अलिक फरक थियो । ओली र एमाले माथिको आक्रमणमा चिन्ता थिएन । गगनको जस्तो भुमिका थियो ।
यदि भाद्र २५ गते भन्दा यता पौष १२ गते भित्र वा माघ ३ गते भित्र काठमाडौं महानगर जलाइएको थियो र महानगरका मेयर बालेन साहलाई घिसारेर सडकमा ल्याएको भए चुनावको परिणाम कस्तो आउथ्यो होला अनुमान गर्न सकिन्छ । त्यस्तै काठमाडौं वनस्थलीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालय धावा वोलेर जलाइ दिएको भए नेताहरुलाई भागाभाग गराईदिएको भए परिणाम कस्तो आउथ्यो होला हामीले पनि जानेका थियौं ।
यति भनि सक्दा २÷३ पल्ट चिट आइसकेको थियो र मैले एउटा कुरा भनी विश्राम लिएँ । नगर प्रमुखको कलमवाट भनी लेखिएको धन्यवादमा भनिएको थियो । यस अभियानमा हाम्रो निर्णय एवं नगर विकास कोषसँग सम्झौता गरिएको नयाँ वहुउद्देश्यीय भवन, सरसफाइ केन्द्र निर्माणका लागि जग्गा खरिद र व्यास जन्म भु्मीमा व्यासको मुर्ति निर्माण कार्यहरुमा हामीलाई सफलता मिल्न सकेन । यो उल्लेख गरिरहँदा शंखधर शाख्वाको शालिक पनि निर्माण हुन सकेको छैन भनेर जोडदा आफैले प्रतिवद्धता गरेको कुरा प्रति हेक्का राम्रै गरी राखिरहनु भएको रहेछ भन्न सकिन्थ्यो । यो उहाँको प्राथमिकताको विषय रहेनछ कि ?
यस सवालमा मैले वहुउद्देश्यीय भवन निर्माणमा भने सर्वदलीय सर्वपक्षीय सहमतिवाट मात्र गर्न हुन अनुरोध गर्दछु जहाँसम्म फोहरमैला व्यवस्थापन कुरा र अन्य कुराहरुमा व्यास नगरपालिकालाई यसै वर्ष सफलता मिलोस् । अहिले संविधान संशोधनको पनि हल्ला छ । त्यसले यताउता नगरे अव १३ महिनामा स्थानीय तहको निर्वाचन हुन्छ, यस अवधिमा नगरपालिकाले गर्नु पर्ने कामहरु गर्न सफल रहोस् शुभकामना ।
मैले आफनो मन्तव्य समापन गरेपछि मैले नगर प्रमुख वैकुण्ठले बोलाउनु भयो, मन्तव्य दिन अवसर दिनु भयो भन्दै बिदा माग्दा तपाँईलाई पनि उपहार दिएर विदा गर्छु भन्नु भयो मायाको चिनो लिएर बिदा भएँ ।
२०८३ वैशाख ६ गते
लेखक नेकपा एमालेको पुर्व केकस तथा तनहुँका पुर्व इन्चार्ज हुनुहुन्छ ।












