स्थानीयको चर्काे विरोधपछि देवघाटको पुलमा मोटरसाईकल चलाउन छुट

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १९

स्थानीय बासिन्दाको चर्काे विरोधपछि चितवनको भरतपुर महानगरपालिका–१ र तनहुँको देवघाट गाउँपालिका–५ जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुलमा मोटरसाईकल चलाउन छुट दिईएको छ । सो पुल जिर्ण भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले गत साता उक्त पुलमा मोटरसाईकल चलाउन रोक लगाएको थियो ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उक्त झोलुङ्गे पुलको संरक्षणकोलागि मोटरसाइकल आवत जावतमा रोक लगाउन निर्देशन दिएका थिए । बैकल्पिक बाटोको रुपमा ठिमुराको पुल बनेपछि हाल सवारी साधनमा देवघाट जान आउन समस्या नरहेको भन्दै प्रजिअ अर्यालले दशकौं अघि बनेको उक्त पुल संरक्षणकोलागि पनि मोटरसाईकल सन्चालनमा रोक लगाउनुपर्ने अवस्था आएको बताएका थिए । प्रजिअ अर्यालको निर्देशन पछि पुलको मुखमा फलामको पोलको व्यारिकेट निर्माण गरि मोटरसाईकल आवतजावतमा रोक लगाईएको थियो ।

तर देवघाटबासीले उक्त कार्यको चर्काे विरोध गरेका थिए । विरामी, कार्यालय जाने कर्मचारी, विद्यार्थी तथा पुलको मुखमा घर भएका सर्वसाधरणलाई यसले समस्या पारेपछि स्थानीयले उक्त अवरोध खोल्न माग गरेका थिए । स्थानीयको विरोधपछि बुधबार राती प्रहरीले उक्त व्यारिकेट हटाएको थियो ।

तर उक्त पुलमा मोटरसाईकल डोहो¥याउनुपर्ने, हर्न बजाउन नपाईने तथा सर्वसाधरणलाई पहिलो प्राथमिकता दिनुपर्ने सर्त भने चितवन प्रशासनले राखेको छ । उक्त सर्त उल्लंघन गरे प्रहरीले कारवाही गर्नसक्ने जनाईएको छ ।

४४ वर्ष अघि निर्माण भएको उक्त पुल पछिल्लो समय निकै जिर्ण भईसकेको तथा मानिस मात्र आवतजावत गर्ने गरि डिजाईन गरिएको भन्दै पुल विभागले पछिल्लो समय अत्याधिक मात्रामा मोटरसाइकल चलाउन थालिएपछि सम्भावित दुर्घटना हुन नदिन मोटरसाईकलको आवत जावतमा रोक लगाउन सम्बन्धित सरोकारवालाहरुले पटक–पटक माग गरेका थिए ।

माघे संक्रान्तिको समयमा भने प्रत्येक वर्ष केही दिन उक्त पुलमा मोटरसाईकल सन्चालनमा रोक लगाईदै आएको छ । यस अघि २०८२ मंसिर २५ गते शहरी विकास मन्त्रालय अन्तर्गतको पुर्वाधार विकास विभाग सस्पेन्सन बृज डिभिजनले देवघाट क्षेत्र विकास समिति, जिल्ला प्रशासन कार्यालय तनहुँ र चितवन तथा भरतपुर महानगरपालिका र देवघाट गाउँपालिकालाई पत्राचार गरि उक्त झोलुङ्गे पुलमा मोटरसाईकल चलाउन रोक लगाउन अनुरोध गरेको थियो ।

२०३७ सालमा निर्मित उक्त पुल जिर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको छ । भिड हुँदा एकैपटकमा पाँच सय भन्दा बढिले पुलबाट आवत जावत गर्छन् । एकै पटकमा सयौंजनाले पुल तर्दा उक्त पुल पिङ झैं हल्लने गरेको स्थानीय बासिन्दा तथा देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए । यदि सो पुल केही भईहालेमा सयौं नागरिकको ज्यान जोखिममा पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय