एसईई नतिजाः तनहुँका १० स्थानीय तह मध्ये देवघाटको नतिजा पहिलो

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ३०

सोमबार राती सार्वजनिक भएको यसवर्षको एसईई परिक्षाको नतिजा अनुसार तनहुँ जिल्लाका दश स्थानीय तह मध्ये सबैभन्दा राम्रो नतिजा देवघाट गाउँपालिकाको प्राप्त भएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई तनहुँका अनुसार तनहुँका दश स्थानीय तह मध्ये देवघाट गाउँपालिकाको नतिजा सबैभन्दा राम्रो रहेको छ ।

इकाईका अनुसार एसईई परिक्षामा ग्रेडेड प्रतिशतका आधारमा देवघाटले ७८.४७ प्रतिशत प्राप्त गरेको छ । देवघाटको औषत जिपिए ३.०१ रहेको छ । देवघाटमा सन्चालित महेश संस्कृत गुरुकुल, बेद बेदाङ्ग संस्कृत गुरुकुल, परमानन्द संस्कृत गुरुकुल र माँ कल्याणी बैदिक कन्या गुरुकुल तथा सामुदायिक विद्यालय तर्फ वडा नम्बर २ को आदर्श शिक्षा मावि खाल्टे तथा वडा नम्बर ५ को कालिका मावि र शिद्ध माहाकाली माविका शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

त्यसैगरि क्रमशः भिमाद नगरपालिकाको ७३.८७ प्रतिशत, शुक्लागण्डकी नगरपालिकाको ७३.४४ प्रतिशत नतिजा आएको छ । त्यस्तै व्यास नगरपालिकाको ७३.१४ र म्याग्दे गाउँपालिकाको ५८.८५ प्रतिशत नतिजा आएको छ ।

त्यस्तै भानु नगरपालिकाको ५६.९४, आबुँखैरेनी गाउँपालिकाको ५६.३४ प्रतिशत, ऋषिङ गाउँपालिकाको ४६.९६ प्रतिशत, बन्दीपुर गाउँपालिकाको ४६.६० प्रतिशत र घिरिङ गाउँपालिकाको ४५.५१ प्रतिशत नतिजा प्राप्त भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

तिन विद्यालयको नतिजा शुन्य

यसवर्षको एसईई परिक्षाको नतिजामा तनहुँका तिनवटा विद्यालयको नतिजा शुन्य आएको छ । बन्दीपुर गाउँपालिकाको अरुण मावि र दिपशिखा बोर्डिङ स्कुलको नतिजा शुन्य रहेको छ । त्यस्तै ऋषिङ गाउँपालिकाको जयदुर्गा माविको नतिजा पनि शुन्य आएको हो जिल्ला शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ ।

एसईई नतिजामा तनहुँ जिल्लाका ६५ दशमलव ७५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । तनहुँका चार हजार नौ सय ४० विद्यार्थी मध्ये तिन हजार दुई सय ४८ विद्यार्थी उत्तिर्ण भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना भएको मोटरसाईकल चेक जाँच गर्दा लागुऔषध फेला

तनहुँ । बैशाख २९ आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा