भानु नगरपालिकामा नगरस्तरीय कृषि सञ्जाल गठन

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २६

भानु नगरपालिकामा नगरस्तरीय कृषि सञ्जाल गठन गरिएको छ । नगरपालिकाका कृषकहरूको हकहित संरक्षण, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, आधुनिक कृषि प्रविधिको विस्तार, बजार व्यवस्थापन तथा कृषकहरूबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको हो ।

कृषि सन्जालको संयोजकमा कुशलचन्द्र अधिकारी तथा सह–संयोजकमा रामबहादुर घर्ती रहेका छन् । त्यस्तै सचिवमा दिपेन्द्र अधिकारी, सह–सचिवमा श्यामकुमार श्रेष्ठ तथा कोषाध्यक्ष विनोदकुमार श्रेष्ठ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा रणसिं तामाङ, गणेश ढकाल, मानबहादुर भण्डारी, फणिन्द्र बगाले, सोमप्रसाद शर्मा, कृष्णबहादुर श्रेष्ठ, विष्णुहरि कार्की र चिरञ्जीवी लौडारी रहेका छन् ।

नगरपालिकाका कृषकहरूको भेलाबाट गठन गरिएको सञ्जालले आगामी दिनमा कृषि क्षेत्रको विकास र किसानहरूको समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । सञ्जालले कृषकहरूबीच सहकार्य विस्तार गर्दै उत्पादन वृद्धि र बजार व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको संयोजक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा