देवघाटको वेणीसंगममा निर्माण गरिएका १६ अस्थायी टहरा हटाइए

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २६

देवघाट स्थित त्रिशुली र कालीगण्डकीको संगम वेणीमा बनाईएका १६ टहराहरु हटाईएको छ । देवघाट गाउँपालिका वडा नम्बर ५ ले देवघाट क्षेत्र विकास समितिसँगको समन्वयमा देवघाटधामको वेणी संगममा विभिन्न संघसंस्था, जोगी, भिक्षु पण्डित तथा व्यवसायीहरूले विभिन्न प्रयोजनको लागि बनाएका उक्त टहराहरू हटाईएको हो ।

देवघाट क्षेत्र विकास समितिले वेणी संगममा निर्माण गरिएका अस्थायी टहरा हटाउन गत बैशाख अन्तिम साता निर्देशन दिएको थियो । देवघाट गाउँपालिका वडा नम्बर ५ कार्यालयले देवघाटको वेणी संगममा बनाइएका अस्थायी टहरा हटाउनकोलागि देवघाट क्षेत्र विकास समितिलाई अनुरोध गरेको थियो । वडाका विभिन्न राजनीतिक दलहरुले समेत वेणी संगममा बनाईएका टहरा हटाउनको लागि पहल गर्न वडा कार्यालयलाई अनुरोध गरेको थियो ।

देवघाट गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष पूर्णबहादुर कुँवरले तोकिएको समयसीमाभित्र हालसम्म १६ वटा अस्थायी टहरा पूर्ण रूपमा हटाइसकिएको बताए । वेणी संगमको स्नानघाट संरक्षणका लागि निर्माण गरिएको पर्खालभन्दा तलको सार्वजनिक जग्गामा विभिन्न सङ्घसंस्था, जोगी, भिक्षु, पण्डित तथा व्यवसायीहरूले अस्थायी टहरा निर्माण गरेका थिए।

स्थानीय राजनीतिक दल, नागरिक समाज र सरोकारवालाको गुनासो तथा धार्मिक क्षेत्रको गरिमा जोगाउने आवश्यकतालाई ध्यानमा राख्दै गाउँपालिकाको समन्वयमा टहरा हटाईएको वडा अध्यक्ष कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर