तनहुँमा ३५० वटा राहदानी सेवाग्राहीको घरदैलोमै पुगी वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २७

जिल्ला प्रशासन कार्यालय तनहुँले ३५० वटा राहदानी सेवाग्राहीको घरदैलोमै पुगी वितरण गरेको छ । कार्यालयका अनुसार गत बैशाख ४ गतेदेखी सुरु भएको घरदैलोमै पुगी राहदानी वितरण कार्य अन्तर्गत जेठ २६ गतेसम्म उक्त संख्यामा राहदानी सेवाग्राहीको घरमै पुगी उपलब्ध गराईएको हो ।

कार्यालयका अनुसार व्यास नगरपालिकामा ९५, भानु नगरपालिकामा ७३, शुक्लागण्डकी नगरपालिकामा ६८, भिमाद नगरपालिकमा ३८, घिरिङ गाउँपालिकामा २९, आँबुखैरेनी गाउँपालिकामा २६, म्याग्दे गाउँपालिकमा १७ र बन्दीपुर गाउँपालिकामा ४ थान राहदानी सेवाग्राहीको घरमै पुगेर उपलब्ध गराईएको हो ।

नेपाल सरकार मन्त्रीपरिषदबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचीहरुको बुँदा नम्बर २७ मा रहेको ‘सरकारी सेवा घरमै पु¥याउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाको रुपमा विकास गर्ने र जसबाट पासपोर्ट, नागरिकता प्रतिलिपी, लाईसेन्स लगायतका सरकारी कागजातहरु घरमै पु¥याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने’ प्रावधान रहेको थियो ।

सोही प्रावधान अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्ला हुलाक कार्यालयसँगको सहकार्यमा यस्तो सेवा जिल्लाका सबै पालिकामा शुरु गरेको हो । जिल्ला हुलाक कार्यालय, तनहुँले जिल्ला प्रशासन कार्यालयबाट राहदानीहरु बुझी सेवाग्राहीको घर–घरमै पुगेर राहदानी वितरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा