बन्दीपुरमा हस्तलेखन तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ३१

बन्दीपुर गाउँपालिकाको आयोजनामा आइतबार अन्तर विद्यालय स्तरीय हस्तलेखन तथा निबन्ध लेखन प्रतियोगितासम्पन्न भएको छ । विद्यार्थीहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने तथा लेखन शैली र बौद्धिक क्षमताको विकास गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

कार्यक्रममा विधागत रूपमा उत्कृष्ट स्थान हासिल गर्न सफल विजेता विद्यार्थीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र खादा सहित सम्मान गरिएको थियो । प्रतियोगिताका दुवै विधातर्फ प्रथम, द्वित्तीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई क्रमशः नगद रुपैयाँ ५ हजार, ४ हजार ३ हजार र १ हजार प्रदान गरिएको थियो ।

हस्तलेखन प्रतियोगिता तर्फ भानु माविकी रितिका गुरुङ प्रथम, पवित्रा माविकी प्रियंशा गुरुङ द्वित्तिय, विष्णु माविकी विहान भण्डारी तृतिय र पद्मा आविकी प्रमिशा घर्ती सान्त्वना भए ।

त्यसैगरि निबन्ध लेखन प्रतियोगिता तर्फ सेतीगंगा आविकी सोफिया गुरुङ प्रथम, पवित्रा माविकी दृष्टि थापा द्वित्तिय, कालिका माविका समिर थापा मगर तृतिय र जगदिश्वर आविकी खुसी भुजेल तृतिय भए ।

उक्त पुरस्कार वितरण तथा समापन समारोहमा बन्दीपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तिलक बहादुर कुँवर, गाउँपालिकाका शिक्षा शाखा प्रमुख भिमलाल लामिछाने, विभिन्न विद्यालयका प्रअ, शिक्षकहरु तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अतिथिहरूले विजेता विद्यार्थीहरूलाई बधाई दिँदै यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको वृत्तिविकासमा ठूलो टेवा पु¥याउने कुरामा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

खेल भावनालाई राष्ट्रियतासँग नजोड्न प्रधानमन्त्रीलाई एमाले नेतृ न्यौपानेको सुझाव

काठमाडौं । जेठ ३१ नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती न्यौपानेले खेल भावनालाई राष्ट्रियतासँग जोड्ने काम