दमौलीमा दिउँसै ३ घरमा चोरी, करिब १५ तोला सुन र ३ लाख नगद चोरी भएको आशंका

Devghat Online

शेयर गरौ

तनहुँ । असार १८

व्यास नगरपालिका–४, दमौली क्षेत्रमा विहिबार दिउँसोको समयमा चोरीको घटना भएको छ । प्रारम्भिक जानकारी अनुसार उक्त क्षेत्रमा एकै पटक तीन वटा घरमा चोरी भएको अनुमान गरिएको छ ।

स्थानीयवासीका अनुसार दिउँसै भएको सो चोरी घटनामा करिब १५ तोला सुनका गरगहना तथा करिब ३ लाख रुपैयाँ नगद चोरी भएको हुन सक्ने आशंका गरिएको छ । घटनापछि स्थानीयहरूमा त्रास फैलिएको छ ।

चोरीमा संलग्न व्यक्तिहरूको पहिचान भने हालसम्म खुल्न सकेको छैन । घटनाको फुटेज समेत प्राप्त भएको बताइए पनि प्रहरी अनुसन्धान जारी रहेको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको र संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ । साथै, कुनै पनि व्यक्ति वा समुदायले शंकास्पद व्यक्ति पहिचान गरेमा नजिकको प्रहरी कार्यालयमा तुरुन्त जानकारी गराउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले