जेन्जी आन्दोलनको क्रममा फरार व्यक्ति पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । असार १८

जेनजी आन्दोलनको क्रममा गत २०८२ भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथ देवलबाट भागेका शुक्लागण्डकी नपा–७ घर भएका जबरजस्ती करणी मुद्धाका एक आरोपितलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ मातहत इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले असार १७ गते बुधबार शुक्लागण्डकी नपा–७ मा विशेष सुचनाका आधारमा शंका लागी चेकजाँच गर्ने क्रममा उनकै घरमा लुकुछिपी बसेको अबस्थामा पक्राउ गरेको थियो ।

पक्राउ पछि उनलाई जिल्ला कारागार तनहुँ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा