लागुऔषध सहित एक जना नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । असार १८

तनहुँ प्रहरीले अबैध लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले जिल्ला ब्यास नपा–४ चुरेखोल्सी स्थित भित्री सडक खण्डमा दमौलीबाट बैरेनितर्फ जादै गरेको स्कुटरमा सवार एक जना पुरुष व्यक्तिलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजले लुकाइ छिपाइ ल्याएको डाइजेपाम ३१ एम्पुल, फेनेरगन–३२ एम्पुल, र ब्रुफिनोफ्रिन–३४ एम्पुल गरी जम्मा ९७ एम्पुल अवैध लागुऔषध सहित स्कुटर सहित नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिईएको उक्त व्यक्तिलाई जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा