तनहुँ । असार १८
व्यास नगरपालिका–४, दमौली क्षेत्रमा विहिबार दिउँसोको समयमा चोरीको घटना भएको छ । प्रारम्भिक जानकारी अनुसार उक्त क्षेत्रमा एकै पटक तीन वटा घरमा चोरी भएको अनुमान गरिएको छ ।



स्थानीयवासीका अनुसार दिउँसै भएको सो चोरी घटनामा करिब १५ तोला सुनका गरगहना तथा करिब ३ लाख रुपैयाँ नगद चोरी भएको हुन सक्ने आशंका गरिएको छ । घटनापछि स्थानीयहरूमा त्रास फैलिएको छ ।
चोरीमा संलग्न व्यक्तिहरूको पहिचान भने हालसम्म खुल्न सकेको छैन । घटनाको फुटेज समेत प्राप्त भएको बताइए पनि प्रहरी अनुसन्धान जारी रहेको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको र संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ । साथै, कुनै पनि व्यक्ति वा समुदायले शंकास्पद व्यक्ति पहिचान गरेमा नजिकको प्रहरी कार्यालयमा तुरुन्त जानकारी गराउन अनुरोध गरिएको छ ।












