तनहुँमा १७ सवारीबाट कालो स्टिकर हटाइयो

Devghat Online

शेयर गरौ

तनहुँ । असार १८

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ तथा मातहतका अस्थायी ट्राफिक प्रहरी पोस्टहरूले नियमित ट्राफिक जाँचका क्रममा १७ वटा सवारी साधनमा नियमविपरीत जडान गरिएका कालो स्टिकर हटाएका छन् ।

ट्राफिक प्रहरीले बुधबार सञ्चालन गरेको नियमित चेकिङ अभियानमा चालक तथा सवारीधनीलाई प्रचलित ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै नियमविपरीत प्रयोग गरिएका कालो स्टिकर हटाएको जनाएको छ । प्रहरीले सवारी साधनमा कानुनविपरीत कालो स्टिकर प्रयोग नगर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न सबैमा अनुरोध गरेको छ ।

यसैगरि विहिबार तनहुँ जिल्ला प्रवेश गरेका १३२ वटा भारतीय सवारी साधनका चालकहरुलाई सडकको अवस्था, गति नियन्त्रण, मौसमको अवस्था लगायतका बिषयमा स–चेतना मुलक कार्यक्रम संचालन गरिएको तनहुँ प्रहरीले जनाएको छ । जस अनुसार इप्रका आबुँखैरेनी अन्तर्गत ६३ वटा र इप्रका बेलचौतारा अन्तर्गत ६९ वटा भारतीय सवारी साधनका चालकलाई सचेत गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा