तनहुँमा १७ सवारीबाट कालो स्टिकर हटाइयो

Devghat Online

शेयर गरौ

तनहुँ । असार १८

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ तथा मातहतका अस्थायी ट्राफिक प्रहरी पोस्टहरूले नियमित ट्राफिक जाँचका क्रममा १७ वटा सवारी साधनमा नियमविपरीत जडान गरिएका कालो स्टिकर हटाएका छन् ।

ट्राफिक प्रहरीले बुधबार सञ्चालन गरेको नियमित चेकिङ अभियानमा चालक तथा सवारीधनीलाई प्रचलित ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै नियमविपरीत प्रयोग गरिएका कालो स्टिकर हटाएको जनाएको छ । प्रहरीले सवारी साधनमा कानुनविपरीत कालो स्टिकर प्रयोग नगर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न सबैमा अनुरोध गरेको छ ।

यसैगरि विहिबार तनहुँ जिल्ला प्रवेश गरेका १३२ वटा भारतीय सवारी साधनका चालकहरुलाई सडकको अवस्था, गति नियन्त्रण, मौसमको अवस्था लगायतका बिषयमा स–चेतना मुलक कार्यक्रम संचालन गरिएको तनहुँ प्रहरीले जनाएको छ । जस अनुसार इप्रका आबुँखैरेनी अन्तर्गत ६३ वटा र इप्रका बेलचौतारा अन्तर्गत ६९ वटा भारतीय सवारी साधनका चालकलाई सचेत गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले